माछापुच्छ्रे बैंकको नाफा ६१ प्रतिशतले वृद्धि भयो

May 02 2017 11:25

काठमाडौं १९ बैशाख । माछापुच्छ्रे बैंकको नाफा ६१ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाश ९चैतसम्म० ६२ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको तेस्रो त्रैमाशमा भने १ अर्ब रुपैयाँ कमाएको हो ।

बैंकको व्यवसाय आकारमा बढोत्तरी भएको छ । गत वर्ष १ अर्ब ३१ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले चालु आवमा १ अर्ब ७५ करोड ब्याज आम्दानी गर्न सकेको हो । ब्याज आम्दानीमा करिब ३३ प्रतिशतको वृद्धि देखिएको छ । बैंकको कुल सञ्चालन अम्दानी ३६ प्रतिशतले बढेर २ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । बैंकले करिब ४२ करोड रुपैयाँ आम्दानी फि, कमिसन, बैदेशीक मुद्राको विनिमय र अन्य आम्दानीबाट गरेको छ ।
बैंक यसअघि खराब कर्जामा रहेको १३ करोड ५९ रुपैयाँ उठाउन सफल भएको देखिन्छ । बैंकको कुल कर्जामा खराब कर्जाको दरमा मात्रै ०।३६ प्रतिशत छ । बैंकले १४ करोड ५० लाख रुपैयाँ सम्भावित जाखिम बापतको नोक्सानलाई समेत छुट्याएको छ ।

profit-photo

बैंकको पुँजी कोष अनुपात राष्ट्र बैंकले तोकेको सीमाभन्दा निकै सहज अवस्थामा छ । यो अनुपात १६।३० प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात ९सीसीडी रेसियो० केही खुकुलो भएको छ । यो दर ७१।९५ प्रतिशत छ । राष्ट्र बैंकले दिएको नीतिगत सहुलियत नघटाउने हो भने यो दर ७७।८९ प्रतिशत छ ।

बैंकको चुक्ता पुँजीमा ६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चिती तथा जगेडा कोषमा १ अर्ब ७५ करोड रुपैयाँ छ । बैंकको निक्षेप करिब २० प्रतिशतले बढेर ५८ अर्ब र कर्जा ३० प्रतिशत बढेर ५३ अर्ब लगानी भएको छ । बैंकको कर्जा दिदा आधार मानिने बेस रेट पुसको ६।९८ प्रतिशतको तुलनामा बढेर ८।३० पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २४।६९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८।११ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २६ रुपैयाँ रहेको छ । बैंकको सेयरमा प्रतिफल केही घटेको छ । गत आवमा १९।०४ रहेको बैंकको सेयरमा प्रतिफल चालु आवको दोस्रो त्रैमाशमा भने १६।२३ थियो । तेस्रो त्रैमाशमा भने केही घटेर १६।०४ प्रतिशतमा सीमित भएको छ ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top