विनाशकारी भूकम्पको दुई वर्ष, त्यो कालो बैशाख–१२

April 25 2017 04:58

काठमाडौ, बैशाख १२ । धुम्मिएको मौसम, बैशाखमापनि जाडो । ३ दिनदेखिको पखालालाई विश्राम लगाउनलाई अरुचिकासाथ रियल जुषको साहरामा ओछ्यानको कुनामा भर्खरै उठेर दुइचुस्की के लगाएको थिएँ, एक्कासी भूमि हल्लिन थाल्यो । घरभरी आमा समूह । महिलाको बीचमा बच्चा च्यापेर कम्पन रोकिन्छ भनेर अधिक पीडाको साथमा पिल्लर नभएको ३ तला घरको सबैभन्दा मुनिको कोठाको चिच्कार थामिनसक्नु थियो ।

करिब ४३ सेकेण्डमा निस्कन सफल भइयो । लुगा राम्रोसँग नलगाएको, खाली खुट्टा, गोजीमा २०० रुपैयाँ १ स—परिवार सुरक्षित अवतरण गर्न सफल । एकैछिनमा धरहरा, लगातार ज्यान, संरचना ध्वस्तका खबरहरु देशभरबाट आइरह्ये ।

Bhukampa

काठमाडौँमा खाली ठाऊँ कहाँ भेटिन्छ र १ केहीपर खाली जमिनको शरण लिन पुग्यौँ । वरपरका मानिसहरुपनि त्यहि ठाउँमा भेला भएका थिए । चिच्चाहटका आवाजले पुरै स्थान गुन्जेको थियो । मानिसका अनुहारमा त्यतिविघ्न चित्कार र मलिनता कहिल्यै देखेको थिइन मैले । परिवारको अवस्थाको बारेमा स्थानीय र बाह्य कुराकानीमा व्यस्त थिए मानिसहरु । त्यतिकैमा श्रीधरजीको फोन आयो । ‘हेल्लो रुद्रजी, म डराएर भने हजुर सञ्चै रु ठिक छु । तपाइँ रु उही हो मैले भने । अ‍ैलेसम्म ६ वटा भूकम्प आइसक्यो जोगिएर बस्नुस् भन्ने शब्दबाट बिट मारियो ।

त्यहि कालो दिनले ८ हजार ७ सय ९२ जनाको ज्यान लियो । २२ हजार ३ सय ११ जनालाई घाइते बनायो । यसरी नै २ हजार ६ सय ५६ सरकारी घरहरू पूर्णरुपमा ध्वस्त भएभने ३ हजार ६ सय २२ घरमा आंशिक क्षति पु¥यायो । यस्तै निजी ५ लाख ८८ हजार ७४ घरहरू पूर्णतया भत्किए । गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर बैशाख १२ गते ११ बजेर ५६ मिनेटमा आएको यो शक्तिशाली भूकम्प साथै लगातारको पराकम्पनहरूले करिब ७ लाख थप गरिबहरू थपिदियो, जसलाई चाहेरैपनि नेपालीले बिर्सन सकिँदैन । पराकम्पनको क्रम रोकिएको छैन, सालाखाला ३ हजार भन्दा बढी पराकम्पन गएको भूगर्भ विभागले जानकारी दिएको छ । त्यसमध्ये ४ रेक्टरभन्दा माथिका ४ सय ८० झट्काहरु रहेको विभागको तथ्याँक छ ।

समय बित्यो, सरकार गए अनि आए त्यसरी नै पूनर्निर्माण प्राधिकरणका सिइयो पनि परिवर्तित हुँदै गए ।
थाङ्थिलो भएको देशका संरचनामा २ वर्ष बित्दापनि पूनर्निर्माणका प्याकेजहरूलाई पूर्णरुप दिन सकिएन । किलादेखि त्रिपालसम्म राजनीति मात्र गर्न सक्यौँ । विपत्लाई निजी अवसरको गलत अभ्यास गर्नपनि पछि परेनौँ । यहिकारण पीडितले न समयमा राहत पाए त न त्यसभन्दा माथिको अपरिहार्य अनुदान नै पाए । झरी, जाडो र गर्मी प्वाल परेको त्रिपालमै बिताउनुपरेको छ, जसलाई सम्झँदापनि आँशु आउँछ । २ वर्ष भयो यो रोकिएको छैन ।

पूनर्निर्माण प्राधिकरण खोलियो तर समयमै काम गर्न सकेनन् । दाताले उल्लेख्य रकम दिए, खर्चगर्न भागबण्डा चुचुरो बन्यो । यस्तो अवस्थामा हामी सबै निकम्मा भएका छौँ । सबैको दोश छ, यो पूनर्निर्माणमा कुनैपनि व्यवहारिकता प्रस्तुत गर्न सकेनौँ । भूकम्प पीडितलाई टिनको छानो हालेको घरपनि यो समयमा निर्माण गर्न सकेनौँ । आएको रकम र दाताराष्ट्रको सहयोग ठाउँमा लैजान दिइएको भए त्यहिसमयमै सबैको घर भैसक्थ्यो । बरु धुर्मुस सुन्तलीले धेरै घर बनाए, सरकारले सकेन । सँधै बजेटको अभाव देखायो, निरन्तर छ ।

धिक्कार छ हामी सबैलाई, बगेको आँशुमा थोरै हाँसो र आशा प्रदान गर्न सकेनौँ । पीडा भूलेर खाली राजनीति र चुनाव भन्दै हिँडेका छौँ । चुनाव अपरिहार्य भएपनि राहतको यो २ वर्षमा सबैलाई खुसी पारेर जानसक्ने कुरालाई नेतागणले विर्षेको कारण सबै पीडितको मुहारमा हाँसो आउन सकेको छैन । पीडालाई शान्त पारेर १४ जिल्लाका भूकम्पपीडित कसरी भोट हाल्न जान सक्छन् रु कसैसँग उत्तर छैन ।

त्यो दिनलाई सँम्झदापनि डर लाग्छ । हामी सम्झीरहने छौँ, त्यो कालो बैशाख १२ र अहिलेसम्मको कालो शासनलाई । साभा जनबोली

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top