कतार जादै छन्दे र राजु शाह

0 22

Untitled-1 copy
नयाँ बर्षको अवसर पारेर रिदम कला केन्द्र, दोहा कतारले आयोजना गरेको विविध सास्कृतिक कार्यक्रम तथा नेपाली कथानक चलचित्र “नमस्ते नेपाल”को प्रर्दशनका निम्ति
नेपालबाट हास्य कलाकार गोपाल ढकाल “छन्दे” र निर्देशक राजु शाह निम्त्याइएका हुन ।
कार्यक्रममा छन्देको विशेष प्रस्तुतिका साथै कतारमा रहेका नेपाली कलाकारहरुकोे प्रस्तुती आकर्षणको रुपमा रहने छन् ।

टिकट बिक्रिको काम धमाधम भईरहेको जानकारी कार्यक्रम संयोजक गजेन्द्र मल्ल र दिप भट्टराईले टेलिफोन सम्पर्कमा आवर नेपाल न्युजलाई जानकारी दिनुभयो । नेपालमा राम्रो सफलता पाएको चलचित्र “नमस्ते नेपाल”को प्रर्दशन को खवरले कतारमा रहने नेपालीहरु उत्साहित भएको एनक्यु खबर डटकम कतारका संचालक पत्रकार भोला थापाले जानकारी दिनुभयो ।
कार्यक्रम स्थान–गल्फ होराईजन होटल
मिति –ः २०७४/०१/१५ शुक्रबार (अप्रिल २८)
समय : बिहान ११ बजे देखी

You might also like More from author