ललितपुर महानगरपालिकाद्धारा महिला समुह पुरस्कृत

0 6

18049813_1442063825824448_519332273_o

ललितपुर महानगरपालिकाले विभिन्न वडाहरुमा क्रियाशील रहदै उत्कृष्ट कार्यहरु गर्दै आएका महिला समुहहरुको पहिचान गरि उनीहरुलाई पुरस्कार वितरण गरेको छ । ललितपुर महानगरपालिका समाजकल्याण महाशाखा, सामुदायीक शाखाको आयोजनामा ७ गते विहिवार भएको एक कार्यक्रम माझ महानगर भित्र क्रियाशील रहेका कुल एघार महिला समुहहरुलाई मुल्यांकनका आधारमा पुरस्कृत गरिएको थियो ।

महानगरद्धारा पुरस्कृत हुने महिला समुहहरुमा वडा १२ स्थित न्हुजः मा पुच, वडा १६ स्थित योगंस्टार महिला बचत समूह, हिरण्य मिसा पुचः, न्याढः मिसा पुचः, वडा २० स्थित श्रीबच्छ बचत तथा ऋण समूह र मिखाबहाल महिला समूह, वडा ३ स्थित रजक महिला समूह, वडा ६ स्थित बैशवर्ण महिला समूह, वडा १३ स्थित पंचेश्वर महिला समूह र वडा ४ स्थित ईकुहिटी महिला समूह रहेका छन् ।

विजेता समूहहरुलाई कार्यक्रमका प्रमुख अतिथी ललितपुर महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत हरि प्रसाद दहालले माईक हस्तान्तरण गर्नुभई पुरस्कृत गर्नुभएको थियो । तत्पश्चात उक्त उत्कृष्ट महिला समूह घोषणा तथा पुरस्कार वितरण कार्यक्रम माझमा बोल्नु हुदै प्रमुख तथा कार्यकारी अधिकृत हरि प्रसाद दहालले समाजको समुचित विकासमा महिलाहरुको महत्वपुर्ण भुमिका रहने हुदा महानगरले महिलाहरुको यथोचित विकासका निमित्त लागि पर्दै आईरहेको कुरा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्नु हुदै ललितपुर महानगरपालिका समाजकल्याण महाशाखा, सामुदायीक शाखाका वरिष्ठ अधिकृत प्रेम बहादुर थापाले यस किसीमको कार्यक्रम नियमित रुपमा हुदै आईरहेको र यसले महिलाहरुको सशक्तिकरणमा योगदान पुर्याउदै आईरहेको धारणा राख्नुभएको थियो ।

ज्ञानिशोभा महर्जनले संचालकको भुमिका निर्वाह गर्नु भएको उक्त कार्यक्रममा ललितपुरका महिला विकास अधिकृत संझना सुवेदी, नगर महिला समन्वय समिती उपाध्यक्ष कौशल्या थापा, मुल्यांकन समिती सदस्य अनिल वीर बज्राचार्य र सामुदायीक शाखाका सरिता महर्जनले महिलाको विकासमा यस्ता कार्यक्रमको उपदेयता उच्च रहने आशय सहितको मन्तव्य धारणा राख्नु भएको थियो ।

You might also like More from author