प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगाएत बालुवाटारमा कांग्रेस, एमाले, राप्रपा र फोरमको आकस्मिक बैठक

0 8

काठमाडौं, वैशाख ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले लगायतका प्रतिपक्षी र सत्तापक्षी दलहरुलाई वर्तमान राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बालुवाटार बोलाएका छन् । मधेसी मोर्चाले संविधान संशोधनको दोश्रो प्रस्तावमा समेत असहमति राखेर आन्दोलनको घोषणा गरेपछि चुनाव र मोर्चाका मागहरुका बारेमा सहमति खोज्ने अन्तिम प्रयास स्वरुप प्रधानमन्त्रीले बैठक बोलाएका हुन ।

बिहानै जारी बैठकमा नेपाली कांग्रेस, एमाले, राप्रपा, फोरम लोकतान्त्रिकका नेताहरु सहभागी रहेको सचिवालयले जनाएको छ । आजको बैठकमा चुनावको तयारी अन्तिम चरणमा पुगेको बेला मधेसी मोर्चा र अन्य दलहरुले आन्दोलन सुरु गरेपछिको परिस्थितिका बारेमा छलफल हुने छ ।

k|d dw]zL df]rf{df;Fu a}7s k|wfgdGqL k'iksdn bfxfn k|wfgdGqL lgjf; jfn'jf6f/df dªunaf/ dw]zL df]rf{df cfj4 bnsf g]tfx?;Fu a}7s a:b} . tl:a/ M k|bLk/fh jGt, /f;;
यसका साथै दुई नम्बर प्रदेशमा चुनावको मिति सार्ने या नसार्ने विषयमा समेत आज सहमति गरिने सम्भावना रहेको छ । प्रधानमन्त्री प्रचण्डले चुनाव हुनेमा शंका नगर्न बारम्बार बताउँदै आएका छन् । जसरी पनि चुनाव गराइ छाड्ने र मधेसी मोर्चालाई समेत चुनावमा ल्याउन सरकारले हदैसम्मको प्रयास गरिरहेको उनले बताएका छन् ।

You might also like More from author