जनताको चाहना राईनास नगरपालिका मा मतृका खनाल

April 17 2017 06:54

17974827_1270223986364553_1502215039_nकाठमाडौं, वैशाख ४ । सरकारले यहि आउदो बैशाख ३१ गतेका दिन स्थानीय निकायको निर्वाचन घोषणा गरे सगै नेपाल भरिका गाउ पालिका र नगरपालिका हरुमा मेयर एबम गाउपालिका अध्यक्ष को टिकट कसले टिकट पाउने हो भने मा यतिखेर निकै चर्चा रहेको छ्र । सगै लमजुङ जिल्लामा पनि यति खेर ४ नगरपालिका र ३ गाउ पालिका रहेको यस जिल्लामा पनि चुनाबी माहोल ले जिल्लालाई ततायका छ ।

त्यो मध्ये राईनास नगरपालिकामा चुनाबी रौनक अरु नगरपालिका भन्दा बढी चर्चामा रहेको छ । राईनास नगरपालिका जनसंख्या ,१८५२७ केन्द्र ,साविक वडा सङ्ख्या ,१० क्षेत्रफल,७१÷९६ किमि रहेको नगरपालिकामा यस पालिको स्थानीय निकायको निर्वाचन मा ने, क, पा एमाले का जिल्लामा प्रभाशाली नेता मातृकाप्रसाद खनालले पनि मेयर पदकालागि उमेदवारी दिने अनुमान गरिएको छ ।

लामो समयदेखि गाउँमै वसेर, शिक्षा,स्वास्थ ,सामाजिक ,आर्थिक विकासमा जिम्मेवारी वोकेर शैलपुत्रि उमावि हुँदै सौभाग्योदय उमावि ,रेडक्रस ,शिक्षक संगठन केन्द्रीय सदस्य समेत भईसकेका खनाल लाई नै राईनासको एकमात्र विकल्प हो भन्नेहरूको माहोल माहोरिया कोट देखि प्यार्जुङ सम्मका १० वटै वडामा चर्चा पाउन थालेको छ ।

उहाँका अनुसार ,आफुलाइ नेतृत्व दिए नगरपालिका का नगरबासी हरुका पिर मर्का र समस्या समाधान गर्ने उनको सोच रहेको छ । पाटी नेतृत्व पार्टी पङ्तिले पत्यायो भने जनताको मनोभावना जित्न सक्छु । स्थानीय स्तरमा जनताले असाध्यै रूचाएका व्यक्ति हुन् । खनाल उनि यस नगर क्षेत्रमा उनि लोकप्रिय समेत रहेका छन् । यदी उनले राईनास नगरपालिका को मेयर पदमा पार्टी ले टिकट दिएमा जितन समेत सक्ने स्थानीय पत्रकार हरुको बुझाई रहेको छ ।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top