राष्ट्रपति विद्या भण्डारी आज भारतको राजकीय भ्रमणमा जाँदै

April 17 2017 04:10

 

काठमाडौं, ४ बैशाख। राष्ट्रपति विद्या भण्डारी आज भारतको राजकीय भ्रमणमा जाँदै छिन् ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणमा राष्ट्रपति भण्डारी भारत जान लागेकी हुन् । उनको यो राष्ट्रपतिका रुपमा पहिलो विदेश भ्रमण हो ।

Bidhya-Bhandari-1
राष्ट्रपतिको पहिलो विदेश भ्रमणको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

३४ सदस्यीय भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा। प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादव लगायत छन् ।

भारत बसाईका क्रममा राष्ट्रपतिले भारतीय समकक्षी मुखर्जीसँग भेटवार्ता गर्नेछिन् । उनलाई राष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराजले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले गुजरात र उडिसाको पनि भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी शुक्रबार स्वदेश फर्कनेछिन् ।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top