डा. गोविन्द केसी विपरीत झापाको बि एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रधानमन्त्री प्रचण्ड

0 10

images

काठमाडौं, ३० चैत । डा. गोविन्द केसीसँग पटकपटक गरेका सम्झौता र प्रतिबद्धता विपरीत झापाको बि एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रधानमन्त्री प्रचण्डले काठमाडौं विश्वविद्यालय (केयू)का पदाधिकारीलाई चर्को दबाब दिएका छन् ।
प्रधानमन्त्री दाहालले विश्वविद्यालयका पदाधिकारीलाई तत्काल सम्बन्धन दिने प्रक्रिया थाल्न र सिनेट बोलाउन दबाब दिइरहेका छन् । प्रधानमन्त्री र शिक्षामन्त्री धनीराम पौडेलले जसरी पनि बि एन्ड सीलाई सम्बन्धन दिनुपर्ने भन्दै दबाब दिइरहेको केयूका एक वरिष्ठ प्राध्यापकले बताए । नयाँ चिकित्सा शिक्षा ऐन नबन्दासम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नमिल्ने भन्दै केयू पदाधिकारीले पन्छाइरहेको खबर आजको नागरिक दैनिकले छापेको छ ।
डा. गोविन्द केसीसँग पटकपटक गरेका सम्झौता र प्रतिबद्धता विपरीत झापाको बि एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रधानमन्त्री प्रचण्ड

You might also like More from author