मिलनको पूर्वेली भाकामा केकी अधिकारी

April 11 2017 11:35

images (2)
काठमाडौं— पूर्व मोरंगका गायक मिलन श्रेष्ठको पप तथा आधुनिक शैलीका गीत गाएर स्रँेतामाझ स्थापित भएका छन् ।
यतिबेला उनले पूर्वेली भाकाको गीतको म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् ।
‘मायाको चिनो।’ को म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितेको छ ।

यूट्युवमार्फत सार्वजनिक गरिएको उक्त भिडियोमा गायक श्रेष्ठ तथा अभिनेत्री केकी अधिकारीले अभिनय गरेका छन् ।
पूर्वेली भाकामा आधारित यो गीतलाई अहिलेको लोकप्रिय संगीतकार राजनराज शिवाकोटीले संगीतबद्ध गरेका छन् ।

गीतमा संगीतकार शिवाकोटीकै शब्द सुन्न सकिन्छ । सहस शाक्य यो गीतका संगीत संयोजक हुन् ।
यो गीत गायक श्रेष्ठको पछिल्लो एल्बम ‘मिलन गीता–२’ मा समावेश गरिएको छ ।

विशाल भण्डारीद्वारा निर्देशित यो भिडियोमा अभिनेत्री केकी अधिकारीले गाउ“ले सुन्दर युवतीको रुपमा प्रस्तुत भएकी छिन् ।
हरि हुमागाई“द्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
यस्तो छ भिडियो |

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top