रकम चोरी गर्न एटिएम बुथको साटो स्वाइप मेसिन

April 10 2017 04:23

काठमाडौं, २८ चैत। चैतको पहिलो साता नारायणहिटीको उत्तरी ढोकामा रहेको लिक्वायर पसलमा स्वाइप मेसिनमार्फत अन्तर्राष्ट्रिय क्रेडिट कार्ड प्रयोग भएको किनमेलको भुक्तानी रोकियो । रकम करिब चार लाख रुपैयाँ थियो । पसल सञ्चालकले खरिदकर्ताबारे सोधखोज गर्दा पसलमा रहेको स्वाइप मेसिन नै बाहिर लगेको खुल्यो ।

swaip-machine1

उनले शंका लागेर प्रहरीलाई खबर गरे । महानगरीय प्रहरी अपराध महाशाखाले सो घटनाको अनुसन्धान तीव्र बनायो । अनुसन्धानको क्रममा उनका आफन्त मिङमा शेर्पाले स्वाइप मेसिन बाहिर लगेको पाइयो । प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधखोज गर्दा पोखराको लेकसाइडमा रहेको टिका रिसोर्टका सञ्चालकसहित ८ जना पक्राउ परे ।
अनुसन्धानमा अन्तर्राष्ट्रिय ह्याकर समूहले चोरी गरेको युरोप, अमेरिका, जापान, चीनलगायत देशका क्रेडिट र डेबिड कार्डका पिन र पासपोर्ट किनेर नक्कली एटिएम कार्ड बनाउँदै स्वाइप मेसिनमार्फत नेपालमा पैसा निकालेर ठगी गरेको खुल्यो । ठगीका लागि प्रयोग हुने पिन, पासवर्ड र नक्कली एटिएम कार्डलाई यो समूहले बिक्री गर्ने गरेको थियो । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top