बन्दिपुर गाउँपालिका प्रमुखमा ज्ञानेन्द्र अधिकारी (ईन्द्र) सशक्त दाबेदार

0 22

काठमाडौं, २१ गते । तनहुँ स्थित बन्दिपुर गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट ज्ञानेन्द्र अधिकारी (ईन्द्र) लाईं संभावित उम्मेदवारका रुपमा हेरिएको छ । २०४२ साल देखि नेपाल विद्यार्थी संघमा आबद्ध भई राजनितीक करियर शुरु गरेका अधिकारीले २०४२ सालको सत्याग्रह र २०४६ एवं २०६२/६३ को जनआन्दोलनमा समेत सक्रिय भुमिका निर्वाह गर्नुभएको थियो ।

17760532_1294480263976258_1317897158_n

नेपाली कांगे्रसको साबिक बन्दिपुर नगर ईकाईको निर्वाचित सभापतिको बागडोर समेत समालिसक्नु भएका उहाँ पार्टि पध्रतिमाझ स्पष्ट वक्ताका साथै भिजन भएको उर्जावान युवा नेताको रुपमा चिनिनुहुन्छ । राजनितीका अलवा व्यापार, सहकारी र समाजसेवाको क्षेत्रमा समेत सक्रिय रहदै आउनुभएका अधिकारी केन्द्रिय कफी सहकारी संघका संस्थापक अध्यक्ष, जाईका नेपाल एल्मुनाई एशाोसियसनका सदस्य एवं सल्लाहकार रहिसक्नुभएको छ ।

हालसम्म आईपुग्दा ईमान्दार र कलंक रहित स्वच्छ छवि बनाउन सफल रहदै आउनु भएका अधिकारी तनहुँका युवा पुस्ता र स्थानियहरु माझमा उत्तिकै लोकप्रिय समेत हुनुहुन्छ । नेता अधिकारी जिल्लास्थित नेता,कार्यकर्ता र केन्द्रीय तहका नेताहरुका समेत प्रिय रहदै आउनुभएको पाइन्छ, तसर्थ उहाँलाई सबैले नेपाली काग्रेस बाट सशक्त दाबेदारका रुपमा हेर्ने गरेका छन् ।

You might also like More from author