नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आन्दोलनलाई चुनावसँग जोड्न मधेसी मोर्चालाई आग्रह

March 14 2017 09:19

काठमाडौं, १ चैत । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आन्दोलनलाई चुनावसँग जोड्न मधेसी मोर्चालाई आग्रह गर्नुभएको छ। व्यवस्थापिका संसदको सोमबारको बैठकमा समय लिएर बोल्दै नेम्वाङले संविधान संशोधन विधेयकलाई थाती राखेर चुनावमा हामिनु र्पोमा जोड दिए ।

नेम्वाङले बोल्नु अघि मधेसी मोर्चाका नेताहरुले संसद बहिस्कार थिए । सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले एमालेले मधेसी समुदायलाई अपमानित गरेको र दम्भ देखाएकाले विरोध गरेको बताएका थिए ।

download (1)

लगतै बोलेका नेम्वाङले त्यसको जवाफ दिए । पूर्व सभामुख समेत रहेका नेम्वाङले भने, कतिपय साथीहरुलाई एमाले जिद्दी भन्ने लागेको छ, दम्भी भन्ने लागेको छ । त्यही कुरा जनताको विचमा राखिदिनुस्, दम्भीलाई जनताले ठीक निकर्षमा पुर्‍याउनेछन् । हामी त्यो स्वीकार गर्न तयार छौं ।’

मधेस केन्द्रीय दलहरुको आन्दोलन र अभियानबारे आफ्नो कुरा भएपनि आज भन्दिनँ भन्दै नेम्वाङले भने, म यति आग्रह गर्न चाहन्छु, अब तपाईहरुले निर्णय गर्ने बेला भयो । आफ्नो आन्दोलनलाई निर्वाचनजसाग जोड्नुस् । निर्वाचनको आन्दोलनमा होमिनुस् । निर्वाचनबाट तपाईहरुले दम्भी भनेको, जिद्दी भनेको एमालेलाई ठेगान लगाउनुस् ।’

वैशाख ३१ गते स्थानीय चुनाव गरेर प्रदेश र केन्द्रको चुनाव गर्नु पर्नेमा उनले जोड दिए ।जनता, संविधान र सिस्टम हार्न नहुने भन्दै उनले भने, ‘जनताले तिमी हार्नुपर्छ भन्ने भने हार्न आफूहरु तयार छौं ।’

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top