पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एड्स, मानिसमा सर्ने खतरा

0 16

images (2)
काठमाडौं, ३० फागुन। पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी(एड्सको संक्रमण भएको पाइएको छ । केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले यस्तो देखाएको हो ।

३९ मध्ये ३७ बाँदरमा क्यान्सर र एचआइभी(एड्सको संक्रमण देखिएको थियो । विश्वविद्यालयले पहिलो समूहमा १२, दोस्रोमा ११ र तेस्रोमा १६ बाँदरमा अध्ययन गरेको थियो । जसअनुसार १७ भाले र २२ पोथी बाँदर थिए । अनुसन्धानकर्तालाई उद्धृत गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा। शेरबहादुर पुनका अनुसार नेपाल बाँदरको टोकाइबाट लाग्ने क्यान्सर र एचआइभी(एड्सको उच्च जोखिममा छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
‘नेपालको पशुपति र स्वयम्भूका बाँदर मान्छेदेखि डराउँदैनन् । उल्टै मानिसलाई आक्रमण गर्न आउँछन् । यस्तो अवस्थामा मानिसलाई चिथोर्यो‍ वा उसको शरीरमा भएको रगत मानिसमा सर्यो‍ भने कुनै न कुनै समयमा त्यस्तो मानिसमा क्यान्सर, एचआइभी(एड्सलगायतका अन्य रोग सर्न सक्छ,’ अनुसन्धानकर्ताको भनाइ उद्धृत गर्दै डा। पुनले भने ।

नयाँ भाइरसको जोखिम

कुनै पनि पशुले टोकेमा वा बाँदरले चिथोरेमा टिटानसको सुई लगाउने गरिन्छ । रेबिजको सुई लगाउने पनि गरेको पाइन्छ । तर, अनुसन्धानका क्रममा नेपालका बाँदरमा योभन्दा पनि भिन्न प्रकारको उच्च जोखिम भएको भाइरस फेला परेको डा। पुनले बताए ।

हेर्पेस बी भाइरस स् यो भाइरसले इन्सेफ्लाइटिसको जोखिम अत्यधिक हुन्छ । यसको मृत्युदर मानिसमा ६० प्रतिशतसम्म भएको देखिएको छ ।

सहरका बाँदरबाट बढी समस्या

डा। पुनले गाउँका भन्दा सहरका बाँदरबाट बढी समस्या देखिएको बताए । अस्पतालमा उपचार गराउन आउनेमध्ये सबैजसो पशुपति र स्वम्यभूका बाँदरले टोकेका मानिस रहेको उनले बताए । यस्ता बाँदरले टोकेकोमा मानिसको स्वास्थ्यमा गम्भीर समस्या पर्ने उनको भनाइ छ । ‘मन्दिरका बाँदरहरू धेरै छुच्चा हुन्छन् ।

शुक्रराज अस्पतालमा दैनिक पाँचजना बिरामी

बाँदरले टोकेका पाँचजना बिरामी दैनिक टेकु अस्पताल पुग्ने गरेका छन् । तीमध्ये अधिकांश स्वयम्भू र पशुपतिका बाँदरले टोकेका रहेको डा। पुनले बताए ।

बाँदर र मानिसमा उस्तै रोग स् वन्यजन्तुविज्ञ

वन्यजन्तुविज्ञ डा। मुकेशकुमार चालिसेले बाँदर र मानिसमा उस्तै रोग हुने गरेको बताए । ‘पशुपति र स्वम्यभूका बाँदर एकै प्रकारका हुन् । पशुपति र स्वयम्भूमा गरी नौ सयको संख्यामा बाँदर छन् । आहारको हिसाबले त्यो अत्यन्तै धेरै संख्या हो ।साःभा अनलाइन खवर