चलचित्र ‘मेरी कुसुम’ जेठ २५ मा अल नेपाल रिलिज हुने

0 33

17274336_1265957910153467_1106615860_n

काठमाडौ, २९ फागुन । चलचित्र ‘मेरी कुसुम’ जेठको २५ गते अल नेपाल रिलिजको तिब्र तयारीमा छ । तर यो चलचित्र नेपाल बाहिर प्रदर्शन भएर आउने निर्माण पक्षले जनाएको छ । उक्त चलचित्र नेपाल बाहिरबाट प्रदर्शन भए पाश्चात नेपालमा प्रदर्शन हुने भएको छ । जुन सिनेमाका आधा भन्दा बढी दृश्य बेनीमा छायाँकन गरीयको छ ।

निर्माता सुनिता बोगटीका अनुसार यो चलचित्र युएइसंगै कतार, ओमान र बहाराइन लगायतका देशरुमा प्रदर्शनमा आउन लागेको हो । त्यसका लागि सम्पूर्ण तयारीका लागि एग्रिमेन्ट समेत भइसकेको जनाइएको छ । चलचित्रमा मोहन बोगटी मुख्य भुमीकामा देखिएका छन । मोहनकी कु्सुमको रोलमा हर्षिका श्रेष्ठ देखा परेकी छन । त्यसैगरी चलचित्रमा सुदिप्ता अधिकारीको भूमिका रहेको छ ।

त्यसैगरी खलनायकको भूमिकामा भने राज कुमार थापा रहेका छन । यसै चलचित्रबाट मोहन बोगटीले ठुलो पर्दामा देखिन लागेका हुन ।चलचित्रलाई सुनिता शर्माले निर्माण गरेकी हुन भने यसका सह निर्माता रविन्द्र बोगटी रहेका छन । एन आर घिमिरेको निर्देशन तथा लेखन रहेको चलचित्र मेरी कुसुम मा कबिराज गहतराज र बाबु थापाको नृत्य निर्देशने गरेका छन् । चलचित्रको छायाँकन दिब्य सुबेदीले गरेका छन् भने संगीत टंक बुढाथोकीले गरेका छन् । (हेर्नुस टेलस यस्तो छ)