एसएसबीका १२ आतंकः मान्छे मार्नेदेखि बाख्रा लुट्नेसम्म

0 6

kjk

प्रस्तुत लेख भारतले नेपालसँगको सीमामा तैनाथ गरेको एसएसबीले नेपाली भूमिमा प्रवेश गरेर मच्चाएका १२ वटा आतंकपूर्ण घटनामाथि केन्द्रित छ । सुरुमा चर्चा गरौं भारतसँग रहेको सैन्य बलबारे
कुल १२ लाख ५२ हजार स्थल, ७९ हजार जल र १ लाख ५१ हजार वायुसेना गरी भारतसँग १४ लाख ८२ हजार सेना छन् । यसमध्ये ६६ हजार असम राइफल, ११ हजार कोष्ट गार्ड र १० हजार विशेष सीमा बलसहितको प्यारामिल्ट्री फोर्स छ ।

सेन्ट्रल आम्र्ड पुलिस फोर्स( सीएपीएफअन्तर्गत ३ लाख ९ हजार सेन्ट्रल रिजर्भ पुलिस फोर्स(सीआरपीएफ; २५ हजार ७ सय बोर्डर सेक्युरिटी फोर्स(बीएसएफ; ८९ हजार इण्डो(तिबटियन बोर्डर पुलिस फोर्स(आइटीबीपी १ १ लाख ४३ हजार सेन्ट्रल इन्डष्ट्रियल सेक्युरिटी फोर्स(सीआइएसएफ ८२ हजार सशस्त्र सीमा बल(एसएसबीका साथै ७५ हजार रेल्वे प्रोटेक्सन फोर्स(आरपीएफ १ १३ हजार न्याश्नल डिजास्टर रेस्पोन्स फोर्स(एनडीआरएफ र अन्य फोर्स ३५ हजार गरी १० लाख थप सुरक्षा फौज छ ।

सेन्ट्रल आम्र्ड पुलिस फोर्सेस् (सीएपीएफअन्तर्गत बोर्डर सेक्युरिटी फोर्स ९बीएसएफ० सेन्ट्रल रिजर्भ पुलिस फोर्स ९सीआरपीएफ० सेन्ट्रल इन्डष्ट्रियल सेक्युरिटी फोर्स ९सीआइएसएफ० इन्डोतिबटियन बोर्डर पुलिस फोर्स ९आइटीबीपी० सशस्त्र सीमा बल ९एसएसबी० न्याश्नल सेक्युरिटी गार्ड(एनएसजी गरी ६ वटा सुरक्षा बल रहेका छन् ।

के हो एसएसबी ?कति छन् नेपाली सीमामा ?

भारतको गृह मन्त्रालय मातहत रहेको सशस्त्र सीमा बल(एसएसबी भारतको सेन्ट्रल आम्र्ड पुलिस फोर्सेस्(सीएपीएफअन्तर्गतको सुरक्षा दस्ता हो । यसको गठन भारत(चीन युद्धपछि १९६३ डिसेम्बर २० मा भएको हो ।

भारतले एसएसबीलाई सीमा निगरानी, सीमा सुरक्षा, सीमा घुसपैठ एवं अवैध आप्रवास रोकथाम तथा अन्तरसीमा तस्करी नियन्त्रणको जिम्मा दिएको छ । शुरुमा उत्तरी असम, बङ्गालको उत्तरी पहाडी क्षेत्र, उत्तरप्रदेश, हिमाञ्चलप्रदेश र लद्दाखमा तैनाथ एसएसबीलाई भारतले सन् १९६५ पछि मणिपुर, त्रिपुरा र जम्मुमा खटाएको थियो ।

सन् १९७५ मा मेघालय, १९७६ मा सिक्किम, १९८९ मा राजस्थान(गुजरात, १९८८ मा मणिपुर(मिजोरम, १९८९ मा दक्षिणी बङ्गाल र नागाल्याण्ड तथा सन् १९९१ मा एसएसबीलाई जम्मु(कश्मिरको नुब्रा, रजौरी र पुञ्चको सुरक्षा जिम्मा दिएको थियो । सन् २००१ जनवरीदेखि भारतले एसएसबीलाई नेपाल(भारत सीमाअन्तर्गत खटाएको हो ।

नेपालको सीमानामा उत्तराखण्डको २६३ किमी, उत्तर प्रदेशको ५६० किमी, बिहारको ७२९ किमी तथा सिक्किमको ९९ किमी गरी कूल १ हजार ७ सय ५१ किमीमा एसएसबी तैनाथ छ ।

भारतले एसएसबीलाई लीड इन्टेलीजेन्स एजेन्सी(एलआइएको समेत जिम्मेवारी दिएको छ । नेपाल भारत सीमाक्षेत्रमा शुरुमा १० हजारको संख्यामा रहेको एसएसबीको संख्या भारतले यतिबेला ४५ हजार माथि पुर्‍याएको छ । सन् २००४ को मार्चदेखि भूटानसँगको ६ सय ९९ किमी सीमा क्षेत्रमा समेत भारतले एसएसबीलाई खटाएको छ ।

एसएसबीको ज्यादतीका १२ घटना

Kanchanpur-sima-bibad5

नेपालको सार्वभौमिकतालाई चुनौति दिँदै नेपाली भूमिमै चौकी खडा गर्ने, गैरकानूनीरुपमा हतियारसहित नेपाली भूमिमा प्रवेश गर्ने, सीमावर्ती क्षेत्रका बासिन्दालाई कुटपिट, घरपकड गरी दुःख दिने, नेपाली सुरक्षाकर्मीमाथि जाइ लाग्ने जस्ता हरकतहरु एसएसबीले गर्दै आएको छ ।

यसका साथै एसएसबीले नेपाली छोरीचेलीलाई दुव्र्यवहार गर्ने तथा गोली हानी निर्दोष एवं निहत्था नेपाली नागरिकको ज्यानसमेत लिँदै आएको छ । एसएसबीले सीमा क्षेत्रका नेपाली नागरिकमाथि मच्चाएको आतंक, हत्या, हिंसा, लुटपाट, बलात्कार र अपहरणको लामो श्रृंखला छ ।

एसएसबीदारा घर भत्काइएका भुजेला कन्चनपुरका एकजना स्थानीयसँग लेखक भण्डारी
सन् २००१ देखि यता एसएसबीको आतंकबाट थुप्रै नेपालीले ज्यान गुमाएका छन् । थुपै्र नेपाली चेलीहरुको अस्मिता लुटिएको छ । एसएसबीको कुटाइबाट थुपै्र घाइते भएका छन् ।

इलामदेखि कञ्चनपुरको टनकपुरसम्म दशगजा क्षेत्रमा भारतले अवैध संरचना निर्माण गरेको छ । एसएसबीको लुटपाटका कारण जनधनको नोक्सानी भएको छ । सुस्ता लगायतका क्षेत्रमा अतिक्रमण जारी राखेको छ । विगतमा एसएसबीबाट भएका केही ज्यादतीको निन्दनीय घटना निम्नानुसार छन्ः

एसएसबीदारा-घर-भत्काइएका-भुजेला-कन्चनपुरका-एकजना-स्थानीयसँग-लेखक

घटना नं १

विसं। ०६७ फागुन ५ गते बर्दिया, जमुनी(शान्तिपुरका ५२ वषर्ीय हर्कबहादुर शाहीलाई एसएसबीले नेपाली भूमिमै आएर घेरा हाली गोली हाने । गोली लागी घाइते भएका शाहीलाई नियन्त्रणमा लिएर फेरि बन्दुकको कुन्दा र बुटले हान्दै अचेत बनाए । त्यसपछि शाहीलाई एसएसबीले मोटरसाइकलमा भारततिरै लगे । जिप्रका बर्दियाले एसएसबीको गोली र कुटाइका कारण शाहीका मृत्यु भएको पुष्टि गर्‍यो । हत्यापछि शाहीको परिवारले दोषीलाई कारबाही र काजक्रियाका लागि लासको आशा गरेका थिए, तर लाससम्म पाएनन् ।

घटना नं २

विसं। ०६८ जेठ ११ गते मोरंग अमाहीबरियातीका हरिशचन्ऽ मण्डल सीमाबजार कुवाडीबाट खानेतेल लिएर फर्किरहँदा एसएसबीका जवानले घुस मागे । मण्डलले ‘घुस’ नदिएपछि इन्स्पेक्टर हितेन्ऽ सिंह अन्य एसएसबी जवानसहित मण्डललाई पछ्याउँदै नेपाल छिरे । एसएसबीले नेपाली नागरिकमाथि ज्यादती गरेपछि स्थानीय प्रहरी चौकीका हवल्दार शम्भु चौधरी घटनास्थल पुग्दा इन्सपेक्टर हितेन्द्रले हवल्दार चौधरीमाथि गोली हाने । तर, गोली चौधरीको शरीरमा नलानी स्थानीय वासुदेव साहको छातीमा लाग्दा उनको त्यहीँ मृत्यु भयो ।

घटना नं ३

विसं।०७२ असोज २४ गते विराटनगरस्थित दशगजामा धर्ना बसेका मधेसी मोर्चाका कार्यकर्ता र नेपाल प्रहरीबीच झडप भइरहेको थियो । सोही मौकामा एसएसबीका जवान रानीस्थित नेपाली भूमिमा प्रवेश गरी असई प्रदीप गिरीमाथि जाई लागे । गिरीलाई कुटपिट गर्दै उनीसँग रहेको चाइनिज पेस्तोल र सात राउन्ड गोली खोसेर लगे । घटनालगत्तै दुई देशका अधिकारीबीच हतियार फिर्ताबारे वार्ता भएको थियो । तर, एसएसबीले पेस्तोल फर्काएन ।

घटना नं ४

विसं। ०७२ जेठ अन्तिम साता भारतीय वन रक्षक र एसएसबीले बर्दियाको जमुनीबजार नजिकै बाख्रा चराई घरतर्फ फर्किरहेका स्थानीय धनबहादुर सुनार, किरण राई र गोरे नेपालीलाई ५५ वटा बाख्रासहित नियन्त्रणमा लिए । यो घटनाबारे बर्दियाका प्रजिअ र प्रहरी प्रमुखलाई जानकारी गराए पनि सम्बन्धित निकायबाट खोजतलासको प्रयास नभएको स्थानीयको गुनासो छ ।

घटना नं ५

विसं। ०७२ मंसिर १३ गते झापाको केचना नाकाबाट एसएसबीका १३ जवान एकाविहानै हारहृवार्ती नेपाल छिरे । तस्कर लखेट्ने निहुँ बनाएर नेपाल पसेका एसएसबी जवानले केचना(४ का मोहम्मद आलमलाई कुटपिट गरे । आलमलाई एसएसबीले कुटेपछि स्थानीय प्रतिकारमा उत्रिए र एसएसबीलाई आफ्नो नियन्त्रणमा लिए । ४० मिटरको दूरीमा रहेको नेपाली सीमा सुरक्षा पोष्टका सशस्त्र प्रहरी त्यहाँ पुगी एसएसबीका जवानलाई नियन्त्रणमा लिए । फौजी पोशाकमा रहेका एसएसबीका जवानहरुमा चारजनाले इन्सास राइफल बोकेका थिए । ७ घण्टासम्म नियन्त्रणमा लिई गल्तीबस नेपाली सीमामा प्रवेश गरेको स्पष्टीकरण दिएपछि उनीहरुलाई एसएसबी फिल्ड इञ्चार्जलाई जिम्मा लगाइयो । यो घटनाबाट एसएसबीले सबक सिके पनि ज्यादती गर्न छाडेन ।

घटना नं ६

विसं। ०७२ मंसिर ९ गते बिहान एसएसबीले सुनसरीको भण्टाबारीस्थित नेपाली भूमिमा प्रवेश गोली बर्साउँदा हरिपुर गाविस ७ का अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव गम्भीर घाइते भएका थिए । एसएसबीले प्रहार गरेको गोली अशोक यादवको पेट, नरेश, मनोज र सरोजको ढाड र शरीरका अन्य भागमा लागेको थियो । गोली लागेर गम्भीर बनेका उनीहरू सबैलाई स्थानीयबासी र नेपाल प्रहरीले उद्धार गरी उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइयो । स्थानीयबासीका अनुसार भारतीय बजारबाट इन्धन लिएर आउँदै गरेका उनीहरूलाई एसएसबीले लखेटी लखेटी गोली हानेको थियो । नेपालीमाथि गोली बर्साएपछि एसएसबीको टोली भारतीय भूमितर्फ फर्केको थियो ।

घटना नं ७

विसं। ०६८ असोज ३० गते कञ्चनपुरको सीमावर्ती गाउँ भुजेलामा हतियारधारी ३५ जना एसएसबीका जवान गैरकानूनीरुपमा प्रवेश गरी स्थानीय कल्याण लुहार, अजित पाल र भक्तबहादुर रानाका घर र पसल भत्काएका थिए । एसएसबीले अन्धाधुन्ध धरपकडसहित स्थानीयका घरटहरा भत्काउन थालेपछि भुजेला तनावग्रस्त बनेको थियो । कात्तिक १ गते बिहानै भुजेलामा एसएसबी सहकमाण्डर सी गेहेसको नेतृत्वमा १५(१६ जना हतियारधारी एसएसबी जवान तैनाथ भएपछि भुजेला झन तनावग्रस्त बन्यो । त्यसपछि स्थानीय प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली भुजेला पठायो । कञ्चनपुरका प्रजिअ वासुदेव दाहालले एसएसबीको ज्यादतीबारे भारतीय समकक्षीसँग कुरा गरे ।

घटना नं ८

विसं।०७१ मंसिर २६ गते महोत्तरीको मटिहानीस्थित दशगजामा एसएसबीका महिला सुरक्षाकर्मीको शरीरमा मोटरसाइकलले छोएको विषयलाई लिएर नेपाली भूमिमा निर्दोष नेपाली नागरिकलाई कुटपिट गरियो । बिहार, मधवापुरका सञ्जय पूर्वेले भारतीय नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गर्ने क्रममा एसएसबी महिला सुरक्षाकर्मी महिलाको शरीर छोएका थिए । सो क्रममा विवाद हुँदा नेपाल पसेका सञ्जयलाई पछ्याउँदै एसएसबीका जवानले नेपाली भूमिमा राइफलको कुन्दाले त्यहाँ उपस्थित सबैलाई कुटे । एसएसबीको कुटाइबाट मटिहानीका राजेश मण्डल, उर्मिलादेवी, मझौरा(विष्णपुरका राजुप्रसाद गुप्ता, मटिहानी ७ का राकेश यादव, गणेश चौधरी र शिवा साह घाइते भए ।

घटना नं ९

विसं। ०७१ चैत्र पहिलो साता चितवनको माडी क्षेत्रमा एसएसबीका जवानहरू हतियारसहित प्रवेश गरेका थिए । माडीको वसन्तपुरबाट ९ किमी दूरीमा रहेको सोमेश्वरगढीमा चैते दशैं मेलामा सोमेश्वर(कालिकाको दर्शनका लागि आएका तीर्थालुहरुलाई ठूलो संख्यामा रहेका हतियारधारी एसएसबीका जवानहरूले फोटो खिच्न समेत नदिई तर्साएका थिए । एसएसबीले मन्दिरलाई गैरकानूनीरुपमा पोशाक परिवर्तन तथा विश्रामस्थलका रुपमा प्रयोग गर्दै आएको स्थानीयले गुनासो गरेका थिए ।

घटना नं १०

विसं। ०६६ मंसिर १२ गते भारतबाट १० किलो चिनी लिएर फर्किरहेका विद्यार्थीसँग घुस माग्दा नदिएपछि एसएसबीका जवानहरु नेपाल पसेर नेपाल प्रहरी र सर्वसाधारणमाथि जाइलागे । एसएसबीको कुटाइबाट प्रहरी जवान एकबहादुर रिजालसहित चन्दन श्रेष्ठ, राजकुमार बस्नेत, दानबहादुर रायमाझी र रविना थापा घाइते भए ।

घटना नं ११
विसं। ०६७ चैत्र १३ गते एसएसबीले सर्लाहीको बलारा, लक्ष्मीपुरका अवधेश मिश्र र उनका छोरा राजिव मिश्रलाई सुतिरहेकै अवस्थामा घर घेरा हाली पक्राउ गर्‍यो । ५०(६० जनाको संख्यामा आएका एसएसबीले मिश्रलाई पक्राउ गर्नुका साथै अन्य तीनजनालाई कुटपिट गर्दै सीमामा लगेर छाडेको थियो ।

घटना नं १२

विसं। ०६७ मंसिर २० गते रौतहटको गौर, टिकुलियामा एसएसबी जवान गैरकानूनीरूपमा प्रवेश गरी ६ जना नेपाली नागरिकलाई निर्घात कुटे । एसएसबीको कुटाइबाट शम्भु साह ठगनीदेवी घाइते भए ।
कञ्चनपुर घटनाः ज्यादतीको निरन्तरता

विसं। ०६७ को चैत्रमा पुनामा सम्पन्न नेपाल(भारत द्वीपक्षीय परामर्श समूहको आठौँ बैठकमा एसएसबीलाई अनुमतिबिना नेपाली भूमिमा छिर्न नदिन, नेपाली भूमिमै नेपाली नागरिकमाथि हातपात नगर्न तथा भारतबाट फकर्ने नेपाली मजदूरहरूमाथि लुटपाट नमच्चाउने गरी नियन्त्रणमा राख्न भारतसँग नेपालले पहिलोपटक औपचारिकरूपमा कुरा राखे पनि एसएसबीले सीमा क्षेत्रमा मच्चाउँदै आएको छ ।

यही फागुन २६ गते कञ्चनपुरको पुनर्वासमा गोविन्द गौतमलाई एसएसबीले गोलीको शिकार बनाएको छ । नेपाली नागरिक र भूमिमाथि जारी राखेको आतंक र अतिक्रमणविरुद्ध दह्रो प्रतिकारमा नउत्रिँदाको दुस्परिणाम गोविन्द गौतमले ज्यान गुमाउनु परेको हो ।

प्रदर्शनकारी नेपालीसँगै रहेका सशस्त्र र नेपाल प्रहरीका जवानहरुले एसएसबी ज्यादतीको प्रतिरोधमा जवाफी कारवाही अघि नबढाउँदा पुनर्वासमा दुःखद घटना भएको हो । सीमा क्षेत्रमा हस्तक्षेप, अतिक्रमण र नेपाली नागरिकमाथिको ज्यादती रोक्न आफ्ना सुरक्षाकर्मीलाई आवश्यक कारवाहीका लागी निर्देशन नदिँदा र यस्ता घटना नदोहोर्‍याउन भारतसँग ठोसरुपमा कुरा राख्न नसक्दाको परिणति पुनर्वास घटना हो ।

योभन्दा पनि नेपाल(भारतबीचको सीमा नियमन नगरी खुला रहनु घटनाको मूल कारण हो । खुला सीमाकै कारण भारतीय अतिक्रमण, गैरनागरिक घुसपैठ, नेपाली नागरिकमाथि एसएसबीको ज्यादती बढेको हो ।

अन्त्यमा,

सीमा क्षेत्रमा जारी भारतीय अतिक्रमण, आप्रवासी तथा आतंककारीहरुको घुसपैठ तथा एसएसबीको ज्यादती रोक्ने एउटैमात्र विकल्प भनेको दुई देशबीचको खुला सीमा बन्द गरी नियमन गर्नु हो ।

सीमा नियमनको अर्थ सीमा सिल या बन्द गर्नु होइन, निश्चित स्थानबाट आवागमनको सुविधा दिने गरी एक अर्को देशबाट ओहोर(दोहोर गर्ने सबैको अभिलेख राख्नु हो । तर, भारतसँगको सीमा अझै पनि नियमन नगर्ने र खुल्लै राख्ने हो भने सीमा क्षेत्रमा भारतीय अतिक्रमण जारी रहनुका साथै थुप्रै गोविन्दहरुले ज्यान गुमाउँदै जानुपर्नेछ । यसतर्फ सम्बन्धित निकायको बेलैमा ध्यान जाओस् ।

You might also like More from author