राधे को ट्रेलर मा निखिल र प्रियंका प्रोमो रिलिज

0 17

17190978_174767416363187_1987959032479549956_n

काठमाडौँ फागुन २७ । निर्माता सुशील पोख्रेल को निर्माणमा तयार भएको फिलिम राधे यहि आउदो नया बर्षको अवसर परेर २०७४ साल वैशाख १ गते देखि सार्वजिक हुने भएको छ । यस फिलिमको प्रोमोमा नायक निखिल उप्रेतीलाई एक्शन र नायिका प्रियंका कार्की लाई हट रुपमा देखाइको छ्र ।

जगदीश्वोर थापा को लेखन तथा निर्देशन रहेको फिलिम को प्रोमोमा नायक उप्रेतीलाई कमान्डो का रुपमा र नायिका कार्कीलाई हट अबतारमा देखाईएका छ । फिलिम मा प्रेम एक्शन र रोमान्स भए पनि प्रोमोमा भने एक्शन लाई प्राथमिता दिएको देखन सकिन छ ।

फिलिममा निखिल ,प्रियंका का सगै अशिस्मा नकर्मी ,सलोन बस्नेत ,शिशिर भण्डारी र प्रोमोद अग्रहरीको प्रमुख अभिनय रहेको छ । हरि ओम सिने मेक्रस् को ब्यानरमा निर्माण भएको छ भनि फिलिमलाई छायांकन कृष्ण श्रेष्ठले गर्नु भएको छ , एक्शन हिमाल केसीको, रामजी लामिछानेको नृत्य अर्जुन पोख्रेलको संगीत रहेको उक्त फिलिमलाई सम्पादन भने गौतम राज खड्काले गर्नुभएको छ । मलाई माफ गरिदेउ प्रिय बोलको गीतमा छायांकन गर्दा नायिका कार्की अत्यधिक चिसो ठाँउमा छायांकन गर्दा बिहोस समेत भएकी थिन ।