“नाई मलाई थाहा छैन” बोलको गित सार्वजनिक

0 5

17093130_10155050949072485_1804855487_o

गायक सन्जिब पराजुली र टीका प्रसाईंको “नाई मलाई थाहा छैन”बोलको गित सार्वजनिक गरिएको छ । द कार्टून्ज क्रियु र अलिशा राईको धमाकेदार नृत्य रहेको उक्त भिडियो केही दिन अघि युटुबमा रिलिज गरिएको थियो । जुन म्युजिक भिडिओ अहिले युटुबब र सामाजिक संजालमा पहिलो नम्बरमा पर्न सफल भएको छ । गायकद्वयको, “सँग सँगै” अल्बममा समावेस यो गीत छोटो समय भित्रै युटुबमा सर्वधिक हेरिएको भिडियो बन्न सफल भएको छ ।

एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत तथा एरेन्ज रहेको छ । यस गीतको पहिलो संस्करणमा , बाबा एजुकेशन कन्सलटेंसीको प्रयोजनमा अन्तराष्ट्रिय नृत्य प्रतियोगिता पहिले देखिनै संचालित छ । प्रतियोगितामा सहभागिताको लागि पालन गर्नु पर्ने नियमहरु गायकद्वय सन्जिब पराजुली र टीका प्रसाईं को फेसबुक पेजमा हेर्न सकिन्छ । भिडियो सहित

You might also like More from author