प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधान एसियाकै सबैभन्दा बढी महिलामैत्री भएको बताए

March 08 2017 03:37

images

काठमाडौं, २५ फागुन। का छन् । १ सय ७ औं अन्तर्राष्ट्रि श्रमिक महिला दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै प्रधानमन्त्री दाहालले नेपालको संविधानले संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुरक्षित गरेको उल्लेख गर्दै नेपालको संविधान सबैभन्दा महिलामैत्री भएको बताएका हुन् ।
मार्फत प्रधानमन्त्री दाहालले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणका क्षेत्रमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहेको भन्दै देशको विकासका लागि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीहरुको समान सहभागिता जरुरी रहेको उल्लेख गरेका छन् ।

आगामी २०७४ वैशाख ३१ गतेका लागि घोषणा भएको स्थानीय निर्वाचनले हजारौं महिलाहरु निर्वाचित भई राजनीति र विकासमा महिलाको योगदान उच्च हुनेमा प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले महिला दिसको अवसरमा महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न तथा महिला सशक्तीकरण गर्ने सरकारको अभियानमा सबै एक भएर लाग्न सम्पूर्ण देशबासी दिदीबहिनी तथा दाजुभा आहृवान समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top