हरिशा बानिया मेरी बास्सै नामक सिरियलमा भूनियाको रोल गरिन् त्यसपछि उनलाई कहिल्यै पछि फर्केर हेर्नु परेन

0 4

harisha-1काठमाडौं, हरिशा बानिया नेपाली मोडलहरुमा पुरानै नाम हो । हुनत उनी भिडियो सडक नाटकहरु मोडलिङ क्षेत्रमा आउनु पुर्वनै गर्दै आएकी थिइन् । बोके दाह्री नामक गितबाट अभिनय यात्रा शुरु गरेकी हुन् उनले । उनी मिस पूर्वाञ्चल पनि भइसकेकी छन् । नेपाली ग्ल्यामर लाइन पहिलेदेखि सुरु गरे पनि काठमाडौ आएपछि उनले मेरी बास्सै नामक सिरियलमा भूनियाको रोल गरिन् त्यसपछि उनलाई कहिल्यै पछि फर्केर हेर्नु परेन । त्यसो त उनी नेपालका धेरै स्टेजहरुमा विदेशी गायिका सकिराको डान्स गरेर पनि चर्चित थिइन नै । अहिले पुनः हरिशा कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको ‘ट्वाक्क टुक्क’ हाँस्य श्रृंखला मार्फत भूनियाकै रोलमा देखा परेकी छिन् ।

You might also like More from author