वास्तवमै कलाकार सन्तोषले बृद्धहरुप्रतिको जिम्मेवारी प्रस्तुत गरे

वास्तवमै कलाकार सन्तोषले बृद्धहरुप्रतिको जिम्मेवारी प्रस्तुत गरे

February 28 2017 03:50

momy_Royalnews
बृद्धबृद्धाहरु जीउदा ईतिहास हुन हामी सबैले उहाँहरुको उचित सम्मान गर्नुपर्छ । तर पनि हाम्रो समाजमा सबैले यस्तो कार्य गरेको पाईदैन यस्तैमा नेपाली चलचित्र क्षेत्रका नायक सन्तोष तामाङले अलपत्र अवस्थामा रहेकी एउटी ज्येष्ठ नागरिक अन्दाजी ५५ बर्षकि एकजना आमालाई उद्दार गरेर नायकत्व वा हिरोइज्म देखाएका छन
बिगत लामो समय देखि चलचित्र क्षेत्र र समाज सेवा क्षेत्रमा पनि उत्तिकै सक्रिय समाजसेवी एबम नायक सन्तोष तामाङले त्यसरी बेवारिसे अवस्थामा कठाङ्ग्रीदो चिसो र प्रदुषणयुक्त काठमाडौको धुलो र धुवाले भरिएको सडकबाट एक बृद्द आमालाई आफ्नो ब्यक्तिगत पहलमा दुई हफ्ताको अबधिमा अलपत्र परेका ज्येष्ठ नागरिकहरु र असहायहरुलाई संरक्षण गर्ने ललितपुरको हात्तीवन अवस्थित रहेको मानवसेवा आश्रममा पुनर्स्थापना गराउनु भएको छ । काठमाडौका ब्यस्त सडकहरु मध्य एक पुरानो बानेश्वर चोकमा बिगत तीन महिना देखि सडक जीवन र कष्टकर जीवन बिताई रहेकी आफ्नो नाम मिना घिमिरे बताउने ती आमालाई वहाले सकुशल उद्दार गर्नुभएको छ ।
यस कार्यको लागी सन्तोषले राजधानीमा रहेका बृद्दाश्रमहरुमा सम्पर्क गर्न खोज्दा लामो समय, लाग्ने र नागरिकता पनि आवश्यक पर्ने भएकोले ती आमालाई उद्दार गर्न कठिनाइ परेको भएपनि हरेक साझ वहालाई वहाँ रहनु हुने स्थानको बारेमा राम्ररी खोजखबर गरेर वहाको अवस्था सम्बन्धि जानकारी लिइपछि निरन्तर प्रयास गर्नाले एक बृद्धको उद्दार गर्न सफल हुनुभएको थियो यसरी सडकमा बेवारिसे अवस्थामा रहेका मानिसहरुको उद्दार गर्नु साहसिक,उदाहरणीय र प्रसङ्सनिय कार्य हो त्यसैले वहाको यो महान कार्यलाई मुल्यांकन गरेर वहालाई वास्तविक जीवनमा सामाजिक कार्यका लागि एक नायक भन्दा पनि फरक पर्दैन ।

Santosh_mo_Royalnews

यसरी सन्तोषले जसरी बिधिन्न स्थानहरुमा अलपत्र परेका बृद्धबृद्धाहरुको उत्थान र उद्दार गर्नु हामी सबैको कतब्य र दायित्व भित्र पर्ने कुर/ हो र पनि थोरै यस्ता सन्तोष जस्ता समाजसेवी मानिसहरुले मात्र यसरी आफ्नो दायित्व बहन गरि रहेका हुन्छन  ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top