गैरसरकारी संस्थालाई तालिम

0 11

17036815_1383298155034349_453338218_o
गैरसरकारी संस्था महासंघ, जिल्ला शाखा काठमाण्डौंको आयोजनामा गत फाल्गुण ६, ७, ८ र १३, १४, १५ गते गरि दुई चरणमा गैरसरकारी संस्थाहरुको आन्तरिक नियन्त्रण प्रणाली तथा संस्थागत सुशासन संबन्धी तालिम सम्पन्न भएको छ ।

17016614_1383298311701000_1593882172_o

नेपालमा गैरसरकारी संस्थाहरुको जवाफदेहिता र सुशासन सबलीकरण कार्यक्रम अन्र्तगतको उक्त कार्यक्रम बुद्धनगर स्थित गैरसरकारी संस्था महासंघ,केन्द्रिय कार्यालयको सभाहलमा संचालन गरिएको थियो । स्वीस विकास साझेदारको सहयोग माझ संचालित उक्त तालिममा गैरसरकारी संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

प्रत्येक चरणमा ३ दिन गरि कुल ६ दिनसम्म संचालित उक्त तालिमको प्रत्येक चरणमा २५ जना गरि कुल ५० जनाको सहभागीता रहेको थियो । तालिमका सहभागीहरुलाई प्रशिक्षकद्धय राजबहादुर बोगटी र नारायण प्रसाद न्यौपानेले प्रशिक्षण दिनुभएको थियो ।
त्यसो त प्रशिक्षण कार्यक्रमको अन्त्यसँगै समापन कार्यक्रमको आयोजना गरिएको थियो ।

17015458_1383298528367645_609642069_o

उक्त सत्र माझबाट कार्यक्रमका प्रमुख अतिथी रहनुभएका मानव अधिकारवादी नेता एवं अधिकार संबन्धी कानुनका प्रखर ज्ञाता मिलन धरेलले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । तत्पश्चात कार्यक्रमलाई संबोधन गर्नु हँुदै प्रमुख अतिथी धरेलले विद्यमानमा रहेको गैरसरकारी संस्था दर्ता ऐन २०३४ समय सान्दर्भिक नरहेको हुदाँ यसलाई समायानुकूल बनाउन पूर्ण रुपमा परिमार्जन गरि गैरसरकारी संस्था मैत्री सामाजिक विकास ऐन ल्याउनुपर्ने खाँचो औल्याउनुभएको थियो ।

प्रमुख अतिथी धरेलले थप बोल्नु हँदै गैरसरकारी संस्थाहरुलाई सरकारी निकायले सहजकर्ता कम प्रतिस्पर्धी बढि र अन्तराष्र्टिय गैरसरकारी संस्थाले साझेदार भन्दा पनि आदेशपालकका रुपमा लिनेगरेको हुँदा गैरसरकारी संस्था प्रतिको दृष्टिकोण र व्यवहार न्यायसंगत रहन नसकेको धारणा राख्नु भएको थियो ।

17015257_1383298371700994_600094634_o

उक्त कार्यक्रम माझमा बोल्नुहुदै तालिमका प्रशिक्षकद्धय राजबहादुर बोगटी र नारायण प्रसाद न्यौपानेले यस किसीमको तालिमले संस्थामा भएका व्यथिती एवं कमी कमीजोरीलाई रोकी संस्थाको सुशासन अभिवृद्धी गर्न र संस्थाले सरोकारवालाहरुको मन जित्न सक्ने वातावरण तयार पार्न मद्दत मिल्न जाने कुरा व्यक्त गर्नुभएको थियो ।

17015458_1383298528367645_609642069_o

तत्पश्चात कार्यक्रम आयोजनाको उद्देश्य माथि प्रकाश पार्नुहँदै उक्त तालिम कार्यक्रमका संयोजक एवं गैरसरकारी संस्था महासंघ, जिल्ला शाखा काठमाण्डौंका उपाध्यक्ष प्रदिप डंगोलले यस तालिमबाट गैरसरकारी संस्थाहरुको आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त र पारदर्शी बनाउन मद्दत मिल्ने र संस्थाहरुको सवलीकरणसँगसँगै कार्यगत शैलीमा एकरुपता कायम गर्न टेवा पुग्ने धारणा राख्नुभएको थियो ।

16990707_1383299178367580_317694089_o

कार्यक्रमको अन्त्यमा सभापतिको आसनबाट बोल्नुहँुदै गैरसरकारी संस्था महासंघ, जिल्ला शाखा काठमाण्डौंका अध्यक्ष रन्जु नापितले गैरसरकारी संस्थाहरु समायानुकूल अघि बढ्न प्रयत्नशील रहेको र समाज परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याउदै आएको कुरा व्यक्त गर्नुभएको थियो ।

17015280_1383298655034299_295897665_o

You might also like More from author