काठमाडौ भृकुटीमण्डपमा यही फागुन ६ गते देखि ८ गतेसम्म बृहत अन्तराष्ट्रिय कृषि प्रदर्शनी हुदै

February 15 2017 03:58
timthumb
यही फागुन ६ गते देखि ८ गतेसम्म काठमाडौमा  बृहत अन्तराष्ट्रिय कृषि प्रदर्शनी हुने भएको  छ ।
मिडिया स्पेश सोलुसन प्रा.लि.,फ्यूचरेक्स इन्डिया र कृषि मेसिनरी व्यवसायी संघको सयुक्त आयोजनमा हुने प्रदर्शनी काठमाडौको भृकुटी मण्डपमा हुने छ ।
प्रदर्शनीमा  नेपाल , भारत मलेसिया, चीन , ताइवान , इटाली , इजराएल , बंगलादेश , जर्मनी , बेल्जियम,  लयायता १६ देशका २०० भन्दा वढी प्रदर्शनीकर्ताहरुको सहभागीता रहने आयोजकले सोमबार एक पत्रकार सम्मलेन गरी जानकारी गराएको छ ।
प्रदर्शनीमा आधुनिक कृषि यन्त्र तथा उपकरणहरु प्रदर्शनी हुने हुदा व्यवसायी , कृषक तथा निति निर्माण सबै तहका व्यक्तिलाई मेलाले फाईदा हुने नेपाल कृषि मेसिनरी व्यवसायी संघका उपाध्यक्ष्य उमेश मानन्धरले जानकारी दिनुभयो ।
नेपालमा पछिल्लो समय कृषिमा आधुनिक कृषि यन्त्र तथा उपकरणहरुको प्रयोग वढिरहेको बेलामा वार्षिक  १ अरव बराबरको कृषि औजारहरु आयात भईरहेका छन । धान मकै गहु लगायतका बालीमा प्रयोग गर्ने कृषि औजरहरुको प्रयोग कर्ता दिन प्रतिदिन बढिरहेका छन ।
कार्यक्रममा बोल्दै  कृषि इन्जीनियरीङ निर्देशनालयका  प्रमुख मधुसुदन बस्नेतले  यो मेलाले राज्यको निति निर्माण तहका व्यक्तिलाई ‘नितीनिर्माण गर्न  सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
निशुल्क अवलोकनको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा  कृषि, डेरी, पशुपंक्षी पालन उद्योगमा प्रयोग हुने उपकरणको डेमो प्रदर्शनी गरिने पनि आयोजकले जानकारी गराएको छ । साथै प्रशर्दनीको दौरानमा कृषि पशुपालन तथा डेरी सम्बन्धी विभिन्न प्राविधिक गोष्ठीहरु पनि संचालन गरिने छ ।
मेला पश्चात आम जनमासले विदेशी कृषिऔजर र उपकरणको फाईदाका बारेमा जानकारी पाउने आयोजकले आशा लिएको छ । प्रदर्शनीको लागि कृषि विकास मन्त्रालय , कृषि ईन्जिनीयरिङ्ग निर्देशनालय पशु पंक्षीविकास मन्त्रालय , कृषिउद्यम केन्द्र तथा व्यावसायिक कृषि तथा ब्यापार आयोजना एब्ऋत्  ले सहयोग गरेको छ ।
प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top