भानुभक्त ढकालको “आश्वासन”(कथा)

0 12

आश्वासन

भानुभक्त ढकाल

bhanu

 

नेताजीको निवास अगाडिको पार्किङमा दुइओटा चिल्ला गाडी थिए । कालो वर्णका दुई युवक तिनकै स्याहार सुसारमा लागि परेका थिए । अर्को कुनामा लस्करै मिलाएर राखिएका मोटरसाईकलहरु थिए । नेताजी विहानै देखी भेटघाटमा व्यस्त थिए । पालो कुरेर बस्ने कार्यकर्ताहरु वाहिर कुन नुन देखि सुनसम्मका गफ हाकिरहेका थिए । कोही पार्टी सुदृढिकरणका कुरा गर्दै थिए भने कोही अव नेताजीको प्रधानमन्त्री बन्ने पालो आयो भन्दै थिए । कागको भिडमा बकुल्लो भनेकै सफा लुगा र हसिलो मुहार हुनेहरुको भिडमा एकजना मैलो र पुरानो कपडा लगाएको मानिस घुस्न आइपु¥यो । उ अरु भन्दा विल्कुल फरक देखिन्थ्यो । उसको कपडालाई अनुहारले पनि साथ दिइरहेको थियो । होचो कद, च्यातिएको गोल्डस्टार जुत्ता, मैलो र पुरानो ढाकाटोपी लगाएको त्यो मानिस बृह्त अधैर्य देखिन्थ्यो । उसको कपडालाई अनुहारले पनि साथ दिईरहेको थियो । उसको शरिरको हाउभाउ वडो अचम्मको थियो । घरि उ आकाशतिर हेथ्र्योे अनि घरि जमिनतिर । कहिले गेट बाहिर जान्थ्यो अनि फेरि गफिएका कार्यकर्ताको भिडमा हराउथ्यो । कहिले मोवाइल खेलाउथ्यो अनि केही सोचेझै गरि व्याकुल हुन्थ्यो । भिडमा समाहित हुन खोजे जस्तो गथ्यो तर उसको हाउभाउ र बनाबटी हासोले उसलाई साथ दिइरहेको थिएन । एक प्रकारको छटपटि सहजै देखिन्थ्यो । उसको धैर्यताको बाध फुट्नै आटेको थियो । गेटपालेले उसलाई आउने इशारा गर्यो ।
तपाईको नाम ?
कृष्ण परियार
घर ?
नेताजीकै तिर
पख्नोस, म सोधेर आउँछु ।
गेटपाले फर्क्र्यो । हातले भित्र जान इशारा गर्यो । लोकसेवा आयोगको परिक्षा उत्तिर्ण गरेको व्यक्तिको जस्तो जोश देखियो उसमा । बडो उत्साहका साथ उ भित्र छि¥यो । नेताजी सोफामा खुट्टा फालेर बसेका थिए । बडेमानको सोफा, विचमा सिसाको टेवल, कोठाको हरेक कुनामा ठूलाठूला पात भएका कृत्रिम फुलका बोटहरु, भित्तामा देश विदेशका विभिन्न ठाउँका तस्विर अनि नेताजी बसिरहेका सोफा पछाडि उनकै उचाइको तस्विर, यि यावत चिजहरु कृष्णले आफ्नो जिन्दगीमा पहिलोचोटि देख्दै थियो । नेताजी अर्को कोठाबाट निक्ले । उसलाई देख्नासाथ नेताजीको अनुहारमा खुसी छल्कियो । उसले नेताजीको पाउ समात्यो ।
अरे, कृष्ण, यो के गरेको तैले ? कताबाट मलाई भेट्न आइस् ?नेताजी ‘‘। उ केही भन्न खोज्दै थियो, उसको गाला अबरुद्ध भयो । उ अगाडि बढ्नै सकेन । भन्न,के भो नेताजीको मुहारमा सहानुभुति झल्कियो ।
के भन्ने हजुर, अस्तिको बाढिपहिरोमा छोरा गयो, घर गयो । पढेर ठूलो मान्छे बन्छु भन्थ्यो । जहानले पनि दुख्टै खुट्टा भाची । टाउको र छातीमा पनि चोट छ रे । दशापनि हामी गरिवलाई नै लाग्दो रछ । जहानलाई लिएर काठमाडौं आएको अस्पतालमा भर्ति गराछु । ओहो साच्चै नराम्रो भो त , क्षतिपूर्ति पाएनौ ?
“अलिकति अन्न र कपडा पाथ्यौ, त्यति मात्रै अव उपचार पो कसरि गर्ने ? हाम्रो नेता भनेनि बाउ भनेनि हजुरनै हो ।” कृष्णका आखाँबाट आशु झर्न थाले ।
ल यसो गर, अहिले जा । पर्सि मलाई भेटन आइजा । त्यतिखेरै म केहि गरुला ।
यसैमा एक हुल कार्यकर्ता भित्र छिरे । उ त्यहाँबाट निस्क्यो । नेताजीको निवासको गेट पार गरिसकेपछि उ चङ्गा भयो । सोह््र बर्षे युवकको जस्तो फुर्ति आयो उ उत्साहित भयो । कल्पनामा उसले श्रीमतीसँग गाउ फर्कदै गरेको दुश्य देख्यो । मनमनै गम्योे “हाम्रा नेता कहाँ त्यसै नेता भएका हुन र कति मान्छे हुन्छन् उनलाई भेट्न आउने । सबैको समस्या सुन्छन ।” आफुले भोट दिएर जिताएकोमा गर्व लाग्यो उसलाई । बाटोमा मन्दिर देख्यो । जुत्ता खोलेर मुर्ति लाई ढोग्यो । त्रिशुल लिएर अभिएका शिवजीको मुर्तिमा उसले नेताजीको मुहार प्रतिबिम्बित भएको देख्यो । उ सरासर अस्पताल पुग्यो ।
“कता हराउनुभाको ?” श्रीमतीको दबिएको स्वर सुन्यो ।
नेताजीको घर गाथे ।
के कुरा गर्नुभो ?
मैले सबै समस्या सुनाए । पर्सिलाई बोलाउनु भाछ । त चिन्ता नलि सुन्तली । हाम्रो नेताजी हुनुन्छ नि ।
कृष्ण धैर्य देखियो । नेताजीको आश्वासनमा उ निश्चिन्त थियो । सब चिज चाडै ठिक हुन्छ भन्ने विश्वासले उसको मन भरिएको थियो । यतिकैमा नर्स आईपुगी
पैसा ठिक पार्नुभो ?
पर्सि
अझै भएको छैन् ?
हाम्रो नेताजीले पर्सि भन्नु भएको छ । त्यतिन्जेल हेरिदिनु प¥यो हजुर ।
ल, पर्सि एकलाख पचास हजार डिपोजिट गर्नु, नत्र हामी केहि गर्न सक्दैनौ ।
“हुन्छ” बडो आत्मविश्वासका साथ उसले जवाफ दियो । उसलाई यो विश्वास नेताजीको वचनबाट मिलेको थियो । उ निश्चिन्त थियो, नेताजीको आश्वासनमा । राती उसको मनमा अनेकन विचारहरु रङ्गमगिन थाले । एक्कासी उसको दिमागमा एउटी पुरानो घटना ठोक्किन आईपुग्यो । एकरात उसले बन्दुक पड्केको आवाज सुन्यो । बचाउ बचाउ भन्दै कोही करायो । आवाज अझ चर्को चर्को हुदै उसको घरतिर नै आईरहेको थियो । ओछ्यान मुनिबाट खुकुरी झिकेर उसले ढोका खोल्यो । आगनमा भाग्दै आएको एउटा व्यक्तिलाई देख्यो । अध्यारोमा उसले त्यो मान्छेलाई च्याप्प समात्यो र घरभित्र हुत्यायो । हत्त न पत्त ढोका बन्द ग¥यो । टुकीको मधुर प्रकाशमा पनि उसले त्यो व्यक्तिलाई चिन्यो ।
“नेताजी तपाई”
“अ‘‘ मलाई माओवादीले लखेटेका छन् । मलाई बचा कृष्णे ।”
उसले नेताजीलाई पछाडीको ढोकाबाट बाहिर निकाल्यो । घर तल सानो खोला थियो । त्यो खोला हुदै उसले जङ्गलको बाटो लिएर गयो । चारघण्टाको पैदलपछि उनिहरु सदरमुकाम पुगे ।
कृष्णे म तेरो गुन जिन्दगीभर विर्सने छैन । तैले मलाई मृत्युको मुखबाट बचाइस् । यो जुनिमा शायद म तेरो गुन तिर्न नसकुला । अँगालो हालेर रोए नेताजी । कृष्णको आखाँमा आशु टिलपिलायो । प्रहरि कार्यालयमा नेताजीलाई छोडेर उ घर फर्कयो । द्धन्द्धकालको त्यो घटनाले कृष्णलाई अझ बलियो बनायो ।
भोलिपल्ट उसको दिन अस्पतालमा यताउति गर्दै बित्यो । सुन्तलीको मुहारमा चमक घट्दै गइरहेको थियो तर चाडै नै सबैकुरा ठिक हुन्छ भन्ने विश्वासले कृष्णलाई अझ बढि बलियो बनाउदै लगेको थियो । अर्को दिन उ पुनः च्यात्तिएको गोल्डस्टार जुत्ता लतार्दै नेताजीको निवासतिर लम्कियो । उसँग गाडीमा जाने पैसा थिएन । जे थियो, त्यो सब उसले औषधिमा खर्च गरिसकेको थियो । तर आजको हिडाई उसको लागी सटिक र हल्का थियो । पसिना चुहाउदै दिनभर खेतीवारी गरेको थियो । धेरै उकाली ओराली गरेको थियो । पसिना चुहाउदै दिनभर खेतीवारी गरेको थियो । आजको हिडाई यस अर्थले पनि हल्का थियो कि, उसले नेताजीलाई भेट्न जादै थियो । उसको जिन्दगीमा चाडै नै खुसियाली फर्कने आशा थियो ।
अचानक कृष्णको कल्पनामा सुन्तली आई । कृष्ण बारी जोतिरहेको थियो । खाजा बोकेर सुन्तली आई । कृष्णले एकतमासले सुन्तलीलाई हेरिरहयो ।
किन यसरी एकोहोरो हेर्नुभएको ? सुन्तली बोली ।
त आज निक्कै राम्री देखिएकी छेस लाटी, यति सुन्नसाथ सुन्तली मरिमरि हाँसी
कसैले उसलाई रोक्यो । एक्कासी कृष्णको कल्पना भंग भयो ।
कता, कता…. ?
म नेताजीलाई भेटन आको
आज मिल्दैन, भोली आउनु
नेताजीले आजै आउनु भन्नुभाथ्यो ।
आज विदेशी पाहुना आछन, हुन गोप्य बैठक चल्दैछ भोलि आउनु ।
म कुरौला
कतिवेर…..बैठकपछि रात्रिभोज छ ।
उ गम्भिर भयो । उसको आत्मविश्वासले उसलाई नै गिज्याएझै लाग्यो । उ अलिकति दृढ भयो । अह नेताजीले मलाई यस्तो गर्न सक्नुहुन्न ।
सुन्नुस गेटपालेलाई पुका¥यो “कृष्ण परियार आछ भनिदिनुन ।”
उहाँले विहानै मलाई कोही आए पनि नभेट्ने भन्नु माछ । भोलि आउनु ।
गेटपाले निर्दयी लाग्यो उसलाई, अर्को कोणबाट हे¥यो उसको पनि के गल्ती, जे आदेश पायो त्यहि ग¥यो ।
भारी मन लिएर उ फरक्यो । दिनभर अस्पतालमा छटपटाइरह्यो । नर्सको बोली पुनः उसको कानमा आएर गुञ्जियो “आज भन्नु भा हैन लिएर जानु तपाईकी श्रीमतीलाई हामीले फ्रिमा उपचार त गर्न सक्दैनौ नि पछि तलमाथी प¥यो भने ‘‘‘ ।” यसभन्दा अगाडी उसले सुन्न चाहेन न कि सम्झन पनि उसलाइ बहुत नरमाइलो लाग्यो । आफ्नो सिद्धान्त, आर्दश र आत्मसम्मान, यि सबै उसलाई बोझ भईरहेको थियो । त्यो रात उ निदाउनै सकेन । “नेताजीले किन यसो ग¥यो मलाई बरु यो घटना मै माथि घटेको भए हुने ।” उ अधैर्य भयो । उसले निदाएकी श्रीमतीलाई गौर ग¥यो । उ शान्त यिई, निद्रामा मनमनै गम्यो, “सुन्तली तैले म जस्तो गरिवसँग बिहेगरेर दुख पाईस ।” सुन्तलीले उसलाई बहुत माया गथ्र्यो, त्यस्तै आदर र सम्मान । उसलाई आफु लाचार भएको महशुस भो । सुन्तलीको कुरा सम्झयो, अव म बाँच्दीन होला हजुर, मुटु फु्ट्ला जस्तो भएर आउँछ, सपना पनि नराम्रो देखेकी थिए । हुन पनि सुन्तलीको मुहारमा रस छैन । उ बेहोस र बेरङ्ग भएकी छे । उसले सुन्तलीको टाउकोमा हात लग्यो । अनायसै कमजोर भयो, आखाँ बाट आशु झ¥यो । उसलाई लाग्यो, सुन्तलीले देखेकी भए भन्नेथी तपाई किन रुनु भाको रु यति बहादुर मान्छे पनि यति कमजोर हन्छन् ।
सुन्तलीको अप्रेशन हुन पाएकै थिएन । कृष्णलाई कतै श्रीमतीलाई बचाउन पाउदिन कि भन्ने चिन्ताले भित्रभित्रै खान थाल्यो । बाँकी आशा लिएर अर्कोदिन उ नेताजीको घर पुग्यो । उसलाई देख्नासाथ गेटपालेले भन्यो, नेताजी त भारत जानु भा छ । उसको धैर्यताको बाध फुट्यो । नेताजी प्रति क्रोध जागेर आयो । तर उ गर्न नै के सक्थ्यो र । च्यातिएको गोल्डस्टार जुत्ता घिसार्दै उ अस्पताल फर्क्यो ।
उ भित्र पुग्दा सुन्तलीको वार्डनेर मान्छेको हुल थियो । उसले सुन्तलीलाई हेर्न सकेन, बोलाउन सकेन । सुन्तली उ बाट सदाको लागी टाढा भइसकेकी थिई । कृष्णका आखाँबाट दृश्यहरु धुमिल हुन थाले । आवाजहरु कतै नेपथ्यमा हराउन थाले । पिठ्युले भित्तामा अडेस लिएर लतारिदै उ भुइमा थचक्क बस्यो । कसैले उसको काधमा हल्कासँग हात राख्यो, “जे भयो भयो अव सम्हालिनुस” त्यो आश्वासन सुन्नुभन्दा पहिले कृष्ण भुइमा पछारियो । उ लामो सयमदेखी राम्रोसँग निदाएको थिएन । उ गहिरो निन्द्रामा गयो । शायद उसलाई अरु आश्वासन सुन्नुमा दिलचस्पी थिएन ।

You might also like More from author