युवा संघमा राजिव पहारीको नेतृत्वमा मनपरी

February 03 2017 09:40

नेकपा एमालेको ससक्त भातृ संगठन युवा संघ नेपला भित्र अहिले विविद छताछुल्ल वनेको छ । अध्यक्ष राजिव पहारीको कार्य शैलिको लाई सर्वत्र अलोचना हुने गरेको छ । आफ्नै संघकी पुर्व अध्यक्ष निरु पाल हस्ताक्षर क्याम्पेनिङ मार्फत हटाई वाहुवलले विधान विपरित अध्यक्ष भएका पहारीले ४/४ महिनामा वस्नु पर्ने बैठक १८ महिना सम्म पनि गरेका छैनन् । पूर्व अध्यक्ष महेश वस्नेत र निरु पाल भने समयमै बैठक र महाधिवेशन गराउनु पर्ने पक्षमा छन् भने वालकोट र कोटेश्व दुवै रिजाएर पहारी अरु केही वर्ष टिकिरहने दाउमा छन् । विधानत संघको केद्रिय कमिटिमा ४० वर्ष कटेकाले वस्न पाउँदैनन् तर अध्यक्ष पहारी ४० नाघि सकेका छन् । आफ्नै पदाधिकारी भित्र पनि एकका विरुद्ध अर्कालाई लडाउने र आफ्नो स्वार्थ पुर्ति गर्न चतुर खेलाडी राजीवले आफ्नै घरमा राखेको भान्सेलाई केन्द्रिय विभागमा सचिव वनाएपछि उक्त विभागका मोहन लामिछाने लगायताका नेताहरुले चर्को विरोध गरिरहेका छन् ।

16467358_1884173058463113_1488966472_n 16117584_1884707698409649_66494928_n

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top