फिल्म प्रमोसनका लागि के गर्दैनन् बलिउड स्टार

0 23

 

बलिउडकर्मीहरु फिल्म बनाउन जति मिहिनेत गर्छन्, त्यसको प्रमोसनमा पनि उत्तिकै जोड लगाउँछन् । हालै अभिनेता शाहरुख खानले आफ्नो नयाँ फिल्म रइसको प्रमोसनका लागि मुम्बईबाट दिल्लीसम्म ट्रेनमा यात्रा गरे । यो उनको नयाँ प्रयोग थियो ।

त्यसो त अन्य स्टारहरुले पनि विगतमा नौला र सिर्जनशील तरिकाहरु अपनाएर आफ्नो फिल्मको प्रचार गर्दै आएका छन् । जानौं कुन स्टारले कसरी आफ्नो फिल्म प्रचार गरे ।

आमिर खानः गजनी फिल्मको प्रमोसनका दौरान यसका नायम आमिर खानले गजनी स्टाइलमा बच्चाहरुको कपाल काटिदिएका थिए । थि्र इडियट्सको प्रचारका क्रममा पनि उनी अनौठो गेटअप बनाएर हिँडेका थिए ।

aamir-khan

अमिताभ बच्चनः अमिताभ बच्चनले केही दिनअघि आफ्ना नाति र नातिनीर्लाइ एउटा पत्र लेखे, जसलाई उनको फिल्म पिंकको प्रमोसनको एउटा हिस्सा मानिएको छ ।

नवाजुद्दीन सिद्दिकीः बलिउडका प्रतिभाशाली कलाकारमा गनिने नवाजुद्दीन सिद्दिकीले पनि आफ्नो फिल्म फ्रिकी अलीको प्रमोसनका क्रममा हैदरावादको गल्लीमा अन्डरवेयर बेचेका थिए ।

vidya balanविद्या बालनः अभिनेत्री विद्या बालक आफ्नो फिल्म कहानीको प्रमोसनका लागि सो फिल्मकै रोलअनुसार गर्भवती महिलाको गेटअपमा पत्रकारमाझ प्रस्तुत भएकी थिइन् । अर्को फिल्म बबि जासुसको प्रचारका क्रममा त उनी झनै विचित्र गेटअपमा देखिएकी थिइन् ।

रणवीर सिंह र परिणती चोपडाः रणवीर सिंह र परिणती चोपडाले फिल्म किल दिलको प्रमोसनका क्रममा पर्खालमा चित्र बनाएर मानिसहरुको ध्यानाकर्षण गर्ने प्रयास गरेका थिए ।

ऋतिक रोशनः अभिनेता ऋतिक रोशनले आफ्नो फिल्म ब्याङ ब्याङको प्रमोसनका लागि आइस बकेट च्यालेन्जको सहारा लिएका थिए ।

रानी मुखर्जीः अभिनेत्री रानी मुखर्जीले आफ्नो फिल्म मर्दानीको प्रचारका क्रममा बीएसएफका महिला सैनिकसित समय बिताएकी थिइन् ।

परिणिती चोपडा र आदित्य राय कपुरः फिल्म दावत ए इश्कको प्रमोसनका क्रममा परिणती चोपडा र आदित्य राय कपुर खाना बनाइरहेका देखिए । – एजेन्सी

You might also like More from author