लक्ष्मीपुर एकीकृत समूहको सत्रौं वार्षिक साधारण सभा सम्पन्न

January 23 2017 08:43

001-800x445

लक्ष्मीपुर एकीकृत समूहको सत्रौं वार्षिक साधारण सभा सम्पन्न भयो । उक्त समुहको राष्ट्रिय कृषक समूह महासंघका केन्द्रीय अध्यक्ष उद्धव अधिकारी ज्युको आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार प्रभा बराल, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. गौरीमान श्रेष्ठ तथा स्वाति सदन कलेजका सहायक क्याम्पस चिफ प्रकाश घिमिरेले शुभकामना मन्तव्य राख्नु भयो थियो ।

05-2

कार्यक्रममा समूहद्वारा प्रकाशित कर्म वार्षिक पत्रिकाको दोस्रो अंकको विमोचन समेत गरिएको थियो । उक्त सभामा कोषाध्यक्ष श्रीराम अधिकारीले १, १६, २३, ३८७, को आय व्यय विवरण सभामा प्रस्तुत गर्नु भएको थियो ।

03-2

साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै सचिव राजु नेपालले कार्य समिति मातहत रहेका विभिन्न उपसमितिको काम कर्तव्य माथी प्रकाश पार्नु भएको थियो ।

02-2

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष रघुनाथ अधिकारीले निकट भविष्यमा नै समूहको भवन निर्माण गरिने तथा लक्ष्मीपुर गाउँलाई अर्गानिक होमस्टेका रुपमा विकास गरिने लक्ष्य रहेको बताउनु भयो थियो।

06-1

करिब ४०० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा समूह मातहत सञ्चालित बालक्लबले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेर सम्पन्न गरीएको थियो ।

04-1

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top