विराटनगरमा अत्याधुनिक सुविधा सम्पन्न दुई तले बसपार्क निर्माण कार्य सुरु

0 4

biratnagar-buspark-nirman

विराटनगर ,१५ पुस । विराटनगरमा अत्याधुनिक सुविधा सम्पन्न दुई तले बसपार्क निर्माण कार्य सुरु भएको छ । विराटनगरस्थित अहिले भएको बसपार्कलाई व्यवस्थित गर्न १४ करोड ११ लाख ५५ हजार रुपैयाँ लागतमा बसपार्क निर्माणको काम अघि बढाएको हो ।

विराटनगरमा अत्याधुनिक दुई तले बसपार्क बन्ने निश्चित, लागत १४ करोड ११ लाख रुपैयाँ
ध्रुव भट्टराई
दष्चबतलबनबच(दगकउबचप(लष्चmबल१५ पुस, विराटनगर । विराटनगरमा अत्याधुनिक सुविधा सम्पन्न दुई तले बसपार्क निर्माण कार्य सुरु भएको छ । विराटनगरस्थित अहिले भएको बसपार्कलाई व्यवस्थित गर्न १४ करोड ११ लाख ५५ हजार रुपैयाँ लागतमा बसपार्क निर्माणको काम अघि बढाएको हो ।
विराटनगर उपमहानगरपालिकाले नगर विकास कोषसँग ऋण लिएरसुरु भएको बसपार्क निर्माणको जिम्मा गौरी पार्वती कन्ट्रक्सन प्रालिले डेढवर्षभित्र सक्नेगरी जिम्मा लिएको छ । कोषको ९० प्रतिशत लगानी रहने बसपार्कमा सरकारको साढे ७ प्रतिशत र उपमहानगरपालिकाले साढे २ प्रतिशत रकम लगानी गरेको छ ।

उपमहानगरपालिका योजना फाँटका इन्जिनियर अर्जुन थापाका अनुसार करिब डेढ बिघा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लोतलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतीक्षालय, मजदुर, कर्मचारी बस्ने कोठालगायत हुनेछ ।

पहिलो तलामा रेष्टुरेन्ट र व्यागेज रुम रहने छ । इन्जिनियर थापाले बसपार्क क्षेत्रको सबै भुँइलाई पिच बनाइने र बसपार्कभित्रै वर्कसप, बिजुलीबाट गाडी धुनेजस्ता सुविधा हुने जानकारी दिनुभयो ।

१५ महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण थालिएको वसपार्क दैनिक ५० वटा बस अट्ने क्षमताको हुने उपमहानगरपालिका कार्यालयले जनाएको छ । पूर्व नेपाल यातायात व्यावसायी संघका अध्यक्ष राजन कँडेलले अब वसपार्कको स्वरुप नै परिवर्तन हुने वताए । पहिले धेरै पटक योजना बनेर कार्यान्वयन नभएपछि उपमहानगरवासीहरु बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे बसपार्क प्रयोग गर्न बाध्य थिए ।

वर्षौ पुरानो विराटनगर बसपार्क सुविधासम्पन्न बनाउने भन्दै ६ वर्षअघि नै योजना बनेको थियो । दुई वर्षअघि पनि दुईतले सुविधा सम्पन्न बसपार्क बनाउने योजना अघि सारिएको थियो । तर त्यो योजना पनि कार्यान्वयन भएन ।

You might also like More from author