नेपाल लाई ग्राप्लीङ्गमा ५पदक

0 36

15731518_1256469171126911_191017708_n

सुरज पौडेल
काठमाडौं पुस १३ नायाँ दिल्लीमा सम्पन्न भएको दक्षिन एसियाली ग्राप्लीङ्ग प्रतियोगीतामा नेपालले पाँच पदक जित्न सफल भएको छ । पुसको ३ र ४ गते भएको उक्त प्रतियोगितामा ग्राप्लीङ्ग खेलमा नेपालले एक स्वर्ण, तिन रजत र एक कास्य पदक जित्न सफल भएको छ । साम्देन तामाङ्ग प्रशिक्षक रहहेको नेतृत्वमा संजय राज पुतुवार ,रविन पुतुवार र तपस बुढामगर सहीतको खेलाडीहरु ग्रापलीङ्ग खेलका लागी नेपालको तर्फ वाट प्रतिनिधित्व गरेका थिए ।

प्रतियोगितामा नेपाल ,भरत ,अबगानिस्तान ,श्रीलंका गरी पाँच देशको सहभागीता रहेको थियो । ५५ केजी तौल समुहमा संजय राज पुतुवार ले नेगी र गी प्रतिस्पर्धामा स्वण र रजत पदक जित्न सफल भएका छन् । उक्त खेलमा गी प्रतिस प्रर्दामा भुटान र भारत लाई हराएका थिए भने अर्का प्रतिस्प्रधा नेगीमा भुटानका खेलाडी लाई हराउदै स्वर्णपदक जित्तन सफल भएका थिए ।

15683322_1256461104461051_1637660020_n
त्यसतै गरी ६० देखी ६५ केजि तौल समुहमा रविन पुतुवारले गी प्रतिस्पर्धामा भारत लाई हराई रजत पदक जित्न सफल भएका थिए । भने नेगी प्रतिस्पर्धा अबगानिस्तानका खेलाडीलाई पराजित गरी रजत पदक जित्न सफल भएका थिए । त्यसतै गरी ५६ देखी ६० केजिसम्मको तौल मा तपस बुढामगरले गी प्रतिस प्रदामा भरतलाई हराई काश्य पदक जित्न सफल भएको ग्रापलीङ्ग खेलका प्रशिक्षक साम्देम तामाङ्गले बतएका थिए । खेलाडीहरुले अझ मेहनत गरेर खेले यस्ता अन्तराष्ट्रीय प्रतियोगीता मा सबै प्रतिस्प्रधा राम्रो नतिजा आउने उनले बताए र अझ धेरै यस्था प्रतियोगीता हुनजरुरी रहेको बताउछन्  साम्देम तामाङ्ग । उनी ग्राप्लीङ्ग खेलका अन्तराष्ट्रीय मान्यता प्राप्त रेफ्री पनि हुन् ।

15782148_1256461107794384_1047858624_n

You might also like More from author