सवारी दुर्घटनामा मृत्यु

0 8

काठमाडौं, १३ पुस दाङ : तुल्सीपुर नगरपालिका–४ मोतिपुर स्थित तुल्सीपुर घोराही सडक खण्डमा बा।२ ख ७०२४ नम्बरको माईक्रोबसले पैदलयात्री सोही ठाउँ बस्ने ४३ वर्षीया निमा दमाई र अटोरिक्सालाई ठक्कर दिदाँ चालक ३८ वर्षीय चन्द्रमान वली गम्भीर घाइते भएकाले उपचारको लागि राप्ती अंञ्चल अस्पताल तुल्सीपुर लगिएकोमा उपचारको क्रममा निमा दमाईको मृत्यु भएको छ । घाइते वलीलाई थप उपचारको लागि मेडीकल कलेज कोहलपुर बाँकेमा पठाइएको छ । माईक्रोबस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

images

मोरङस् यरबन–९ स्थित महेन्द्र राजमार्गको कानेपोखरी जंगलमा बा।४ ख ६२७४ नम्बरको ट्रिपरले बुधबार को।२२ प ४३८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक पथरी शनिश्चरे–८ बस्ने ४५ वर्षीय धनकुमार राई र उनको ३५ वर्षीया श्रीमती बिष्णुमाया राईको मृत्यु भएको छ । दुर्घटनामा चालक राईको घटनास्थलमै र बिष्णुमाया राईको धरान घोपा अस्पताल सुनसरीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

You might also like More from author