प्रथम चर्चित महिला पाइलटले नै शरणार्थी बन्न निवेदन दिएपछि‘..

December 28 2016 05:43

काठमाडौ, पुस १३ । अफगानस्थान एयर फोर्सकी प्रथम महिला पाइलटले अमेरिकामा शरणार्थीको रुपमा बसोबास गर्न आवेदन दिएका छिन्। तीन वर्ष अगाडि अफगानी एयर फोर्समा पाइलटको रुपमा प्रवेश गरेकी निलुफार रहमानीले अफगानस्थानमा आफ्नो जीवन सुरक्षित नभएको भन्दै अमेरिकामा शरणार्थी हुनका लागि आवेदन दिएकी हुन्।

तीन वर्ष अगाडि उनी एयरफोर्समा जोडिँदा अफगानस्थानमा महिला सशक्तिकरणको नमुना बनेकी थिइन्। उनको यो चर्चा र उदाहरण उनकै जीवनका लागि घातक बनेको जनाइएको छ। उनलाई त्यहाँ अनेकौँ चेतावनी दिइएको छ।उनका कानुनी सल्लाहकार किम्वरली मोट्ली ले भनेका छन्, ‘रहमानीले त्यहाँका विद्रोही समूह तथा सरकारी अधिकारीबाट अनेकौँ धम्की बेहोरिरहेकी छन्, यदि उनी अफगानस्थान फर्किइन भने उनको ज्यान जोखिममा रहने छ।’

रहमानी २५ वर्षको उमेरमा देशकै पहिलो महिला पाइलटको रुपमा सन २०१३ मा नियुक्ति भएकी थिइन्। ‘म सँधै पाइलट हुन चाहन्छु’, उनले भनेकी छन्, ‘पाइलट हुनु मेरो बुवाको सपना थियो।’ रहमानीका लागि उनको लक्ष्य नै बुबाको सपना पुरा गरी उनी प्रति सम्मान दिनु रहेको सीएनएनले जनाएको थियो। ‘मेरो काम विश्वलाई एउटा शन्देश दिन थियो, अफगानस्तानमा केटीले पनि केटाले गर्ने काम गर्न सक्छन्।’

यता अफगानी जनरल मोहम्मद राडमानीसले निवेदन अस्वीकृत गर्न अमेरिकालाई आग्रह गरेको खबर राजधानी दैनिकमा प्रकाशित छ। रहमानीले असुरक्षित भएको भन्दै गलत विवरण दिएको उनले बताएका छन्। जनरल महोम्मदले भने, ‘उनले निवेदन स्वीकृत गराउनका लागि झुटो वयान दिएकी छन्।’सा भा : जनबोली

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top