नयाँ बर्ष नजिकिदै गर्दा आईएनजिओलाई बजेट सक्न हम्मेहम्मे !

December 28 2016 05:11

काठमाडौ, पुस १३ । आईएनजीओले डिसेम्बरभित्र प्रतिवेदन बनाउनुपर्ने र जनवरीदेखि नवीकरण थाल्नुपर्ने भएकाले राजधानीका तारे होटलका बैठककक्ष भरिएका छन् ।अहिले राजधानीका तारे होटलका सबै बैठक कक्ष आईएनजीओकै बैठक तथा कार्यक्रमले भ्याइनभ्याइ भएको होटल संघ नेपाल ९हान० का महासचिव विनायक शाहले बताए ।

dolor-us

उनका अनुसार आईएनजीओकै कार्यक्रमले गर्दा डिसेम्बर होटलको बिजनेस हुने सिजन हो । आईएनजीओका लागि अहिले पाँचतारे होटलका तुलनामा तीनतारे र चारतारे होटल अलिक आकर्षण हुने गरेको उनको भनाइ छ ।आईएनजीओका लागि डिसेम्बर सबैभन्दा बढी ‘पिक आवर’ भएकाले पनि वर्षभरिको कार्यक्रमको समीक्षा गर्ने तथा प्रतिवेदन बनाउने समय हो । त्यसैले पनि होटलका बैठककक्ष भरिभराउ हुने गरेको शाहको बुझाइ छ । अहिले राजधानीका तीनतारेदेखि पाँचतारेसम्म होटलका बैठककक्ष आईएनजीओको बैठकले भरिएका छन् ।सा भा : जनबोली

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top