सत्तारुढ कांग्रेस र माओवादी प्रमुख प्रतिपक्षी एमाले मनाउने प्रयासमा आजपनि छलफल

0 10

ठमाडौं १३ पुस । सत्तासिन दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले सहमतिका लागि प्रयास जारी राखेका छन् । हिजो मधेसी मोर्चासँग छलफल गरेको प्रमुद सत्ता साझेदार दुई दलले आज प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग छलफल गर्दैछ । बिहान ११ बजेपछि सिंहदरबारमा हुने छलफलमा स्थानिय चुनावसहित तीनवटै चुनावको कार्यतालिका विषयमा सरकारले प्रस्ताव गर्नेछ ।

चुनाव, संविधान संसोधन, महाअभियोगलाई एएटै प्याकेजमा राखेर जाने विषयमा छलफल हुने माओवादी केन्द्रका प्रवक्ता पम्फा भूषाले जानकारी दिनुभयो । त्यसअघि अहिले केहीबेरमा माओवादी केन्द्रले छुट्टै छलफल गर्दैछ । प्रधानमन्त्रीको सरकारी निवासमा हुने छलफलमा पार्टीको तर्फबाट संसोधन र चुनावमा लिने अडान र सहमतिको प्रयासमा कुराकानी हुनेछ ।