द्धन्द्धमा माओवादीले खोलाले बगाएको भनिएका हतियार धमाधम भेटिँदैछन्

December 28 2016 04:58

rifal

काठमाडौ, पुस १३ । सरकारी तथ्यांकअनुसार सशस्त्र द्वन्दकालमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट ३ हजार ४ सय ३० थान हतियार विद्रोहीले लुटेका थिए । जुन सार्वजनिक तथ्यांकसँग मेल खाएन माओवादीले केहि हतियार हराएको, कतिपय खोलाले बगाएको र केहि बिग्रिएर फ्याँकेको जवाफ दियो ।

नेपाली सेनाका पूर्व रथी एवं त्यतिबेला सेना समायोजन विशेष समिति संयोजक रहेका बालानन्द शर्माले प्रहरीबाट बरामद हतियारका विषयमा सोकारवालाले सत्य नबोल्दासम्म यथार्थ ननिस्कने बताए । सेना समायोजनका क्रममा अनमिनलाई बुझाइएका हतियारबाहेक अन्य केही सय थान मात्र माओवादीसँग रहेको अनुमान १० बर्षयताको बरामद तथ्यांकले गलत साबित गरेको उनी बताउँछन् । यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top