तातोपानी नाका खोल्न चीन सरकार सकारात्मक

December 28 2016 04:31

women-voilence

दुर्गा आचार्य
सिन्धुपाल्चोक, पौष १२ । भुकम्पको कारण देखाउँदै लामो समयदेखि बन्द भएको तातोपानी नाका खुलाउन चीन सकारात्मक भएको छ । आज दुबै देशका सुरक्षा अधिकारीबीच खासामा भएको सीमा सुरक्षा बैठकमा चीन सकारात्मक देखिएको हो । तिब्बतका सुरक्षा प्रमुख गाओ वान हाइको नेतृत्वमा आएको चिनियाँ टोलीले नाका खोल्न आफुहरु आतुर रहेको प्रमुख जिल्ला अधिकारी अन्तर बहादुर सिलवालले बताएका छन् ।

भूकम्प र भोटेकोसीको बाढीपछि मितेरी पुलदेखि खासासम्मको बाटो क्षतविक्षत भएको र त्यसको पुर्ननिर्माणको अवस्था तीव्र भएको देख्दापनि चीन नाका खोल्न आतुर रहेको देखिन्छ सिलवालले भने । मितेरी पुलपारी र मितेरी पुलवारि लिपिङदेखि दशकिलोसम्मको सडक मर्मत कार्यलाई चीनले तीव्रताका साथ सञ्चालन गरिरहेको छ ।

चीनियाँ पक्ष नाका खोल्न तयार देखिएपनि नाका सञ्चालनपछि हुने फ्रि तिब्बतको गतिविधिलाई भने कडाई गर्नुपर्ने चीनियाँ अधिकारीहरुले माग गरेका छन् । सबै सुरक्षा निकायहरुलाई परिचालन गरी यस्ता गतिविधि हुन नदिने प्रतिबद्धता चीनियाँ टोलीलाई व्यक्त गरेको प्रजिअ सिलवालले बताए ।

चीनले अगाडि सारेको एक क्षेत्र एक रोड अवधारणा अन्तर्गत नेपालका पूर्वाधार विकासमा चिनियाँ लगानी आकर्षण गर्ने लगायतका विषयमा कूटनीतिक माध्यमबाट पहल भएको थियो । नाका सञ्चालन नहुँदा व्यापारीहरुले केरुङ र भारतीय बाटो भएर व्यापार गर्नुपर्दा झन्झट बेहोर्नु परेको व्यवसायीहरुले बताएका छन् । तातोपानी नाका बन्द हुँदा वार्षिक १२ अर्ब राजश्व घाटा हुँदै आएको छ ।सा भा : जनबोली

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top