संभावना बोकेका महेश्वर

0 118

ललितपुर स्थित झरुवाराशीका महेश्वर थापा मोडलिङ क्षेत्रका नवप्रवेशी कलाकार हुन् । हालै मात्र उनी अभिनित पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । उनले नाम चलेका म्युजिक भिडियो डाईरेक्टर अनुप चापागाईको निर्देशनमा बनेको, प्रियसीले छुटने बेला बोलको गितमार्फत मोडलिङमा होमिएका हुन् ।

15675611_1076362852485825_4427900300615984282_o

सीता तिवारीको शब्द, नारायण सुवेदीको संगीत र उदयराज पौडेलको संयोजन रहेको उक्त बोलको गित प्रियशी नामक एल्बमबाट लिईएको हो, जसमा चर्चित गायक स्वरुप राज आचार्यले स्वर दिएका छन । उक्त म्युजिक भिडियोमा महेश्वरले दमदार अभिनय पस्किएका छन् । तसर्थ पनि महेश्वरले आफु यस डेब्यु म्युजिक भिडियोबाट निकै आशावादी रहेको कुरा बताएछन् ।