अनौठो संयोग “लास्ट क्रिसमस” गाउने गायक जर्ज माइकलको क्रिसमसकै दिन निधन {भिडियो सहित}

0 3

काठमाडौ, पुस ११ । संयोगपनि अनौठो भएको छ । “लास्ट क्रिसमस” बोलको गीत आए उनै पप सुपर स्टारले क्रिसमसकै दिन आफ्नो जीवनलिला समाप्त गरे । पप गायक जर्ज माइकलले लास्ट क्रिसमस’ भन्ने गीत गाएका थिए । उनै गायक माईकलको ५३ वर्षको उमेरमा क्रिसमसका दौरान घरमा निधन भएको भएको माइकलका प्रचार प्रमुखले जनाएका छन् । १९८० को दशक तिर ‘वाह्म’ नामक ब्याण्डबाट आफ्नो करियरको शुरुवात गरेका माइकलपछि गएर एकल गायकका रुपमा सफल बने । हृदयघातका कारण उनको आफ्नो अक्सफोर्डसायरस्थिति घरमा उनको निधन भएको बताइएको छ ।

थेम्स भ्याली प्रहरीले उनको मृत्युमाथि अनुसन्धान भइरहेको बताए पनि हालसम्म शंकास्पद विषय फेला नपरेको बताएका छन् । वाह्म ब्याण्डका पूर्व सदस्य एन्ड्रयु रिज्लीले ट्वीटरमा लेख्दै माइकलप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । माइकलको जन्म उत्तर लण्डनमा भएको थियो । उनको वास्ताविक नाम जर्जिअ काइरिआकोस पानायिओटो हो । ४ दशक लामो करियरमा उनले १० करोड प्रतिभन्दा बढी एल्बम बिक्री गरेका छन् ।

स्कूलका साथी रिज्लीसँग मिरेर ह्वाम ब्याण्डबाट उनी चर्चामा आए । त्यसपछि उनले एकल करियर शुरु गरे । सन् १९८७ को उनको फेथ एल्बम निकै सफल बन्यो । लिसन विथआउट प्रिजुडिस भोलुम १ पनि निके सफल बन्यो । उनी गायको साथै लेखक तथा संगीत निर्माता पनि थिए । लास्ट क्रिसमस, केयर लेस विस्पर, फ्रिडम ९० जस्ता गीतहरु कालजयी मानिन्छन् ।

विवादमा पनि
माइकल गलत कारणका लागि पनि चर्चामा रहे । सन् २००६ को अक्टोबरमा उनी ड्रग्स लिएर गाडी चलाएको अरोपमा दोषी ठहरिए । त्यसपछि सन् २००८ मा उी क्लास ए ड्रग फेला पर्यो । सन् २०१० मा आफ्नो रेन्ज रोभर गाडी पसलमा दुर्घटना गराएको आरोपमा ८ हप्ता जेल सजाय सुनाइयो ।

सन् १९९८ मा आफू समलिंगी भएको घोषणा गरेका थिए । त्यतिबेला उनी क्यालिफोर्नियाँको बेभर्ली हिल्समा रहेको एक सार्वजनिक शौचालयमा यौन क्रियाकलाप गर्दै गरेको अवस्थामा पक्राउ परेका थिए । सन् २०११ मा उनीलाई निमोनिया भएको कारण धेरै कन्सर्टहरु रद्द गरिएको थियो ।सा भा :जनबोली

You might also like More from author