सम्वाद नै टुटेका प्रचण्ड र बाबुराम १४ महिनापछि एउटै मञ्चमा

0 12

काठमाडौ, पुस ११ । माओवादीबाट अलग भएर नयाशक्ति पार्टी स्थापना गरेपछि टाढा भएको माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईबीचको दुरी नजिकीन थालेको छ । पछिल्लो एक महिनामा बाबुरामले प्रचण्डलाई चारपटक बाबुवाटारमा भेट गरिसकेका छन् । आज विभाजनको १४ महिनापछि फेरि प्रचण्ड र भट्टराई एउटै मञ्चमा देखिदैछन् ।

माओवादी नेता स्वर्गीय भक्तिप्रसाद पाण्डेको जीबनीमा आधारित पुस्तकमा आज प्रचण्ड र भट्टराई सँगै देखिनेछ न् । पाण्डेको जीवनमा आधारित किताव आज महेन्द्र पुलिस क्लवमा दुबै नेताले एकसाथ बिमोचन गर्दैछन् । पाण्डेको गत कात्तिक २९ गते ६२ बर्षको उमेरमा क्यान्सरका कारण निधन भएको थियो ।

माओवादी जनयुद्धमा हतियार सप्लाइमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पाण्डे निडर नेताका रुपमा स्थापित थिए । प्रचण्ड प्रमुख अतिथि र भट्टराई विशेष अतिथि रहने विमोचन कार्यक्रमलाई राजनीतिक रुपमा महत्वपूर्ण ठानिएको छ ।आज मात्सेतुङको जन्मजयन्तीको अवसर पारेर किताव विमोजन गर्न लागिएको हो ।सा भा :जनबोली

You might also like More from author