December 24 2016 07:18

जीवन डाँगी
रोल्पा ।

रोल्पा बाट इट्टा–भट्टामा लगिँदै गरेका २२ जना महिला तथा बालबालिकाहरुलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आज नियन्त्रणमा लिएको छ ।

रोल्पा भाबाङ १–की रामकुमारी पुन, धबाङ १–की लिला डाँगी र गजुल ८–का गर्ज बहादुर पुनले छिमेकी जिल्ला रुकुम तथा गाँउकै महिला तथा बालबालिकाहरुलाई ईट्टा–भट्टामा काम लगाईदिने भन्दै काठमाण्डौँ लैजाने क्रममा रोल्पा टुडिखेलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका महिला सेल ईन्चार्ज दिलकुमारी बुढाले जानकारी दिए ।

इट्टा–भट्टामा जान लागेका मध्य अधिकाम्स १६ वर्ष मुनिका बालबालिकाहरु रहेको जिल्ला बाल–कल्याण समिति रोल्पाका बालअधिकार अधिकृत गोर्कण पुनले बताए ।

नियन्त्रणमा रहेका महिला तथा बालबालिकाहरुको बारेमा थप अनुसन्धान भईरहेको र अनुसन्धान नसकिदा सम्म सेभ हाउसमा राखिने महिला सेल इन्चार्ज बुढाको भनाई छ ।

यसअघि हिजो मात्रै इट्टा–भट्टामा जान–लागेका १३ जना बालबालिकालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरि आफन्तको जिम्मा लगाई सकेको छ जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top