नेपाल बसेका १४ देशका राजदूतको कुटनीतिक मर्याद विपरित काठमाडौंमा गोप्य भेला !

December 22 2016 05:44

काठमाडौं, पुस ७ । १४ देशका राजदूत सम्मिलीत एक मोर्चाले काठमाडौंमा गोप्य भेला गरेको छ । भेलामा नेपालको निर्वाचन र संविधान संशोधन कुटनीतिज्ञको ऐजण्डा बनेको जनाइएको छ । सरकारले ब्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव र भावी निर्वाचनका बिषयमा कुटनीतिक नियोगका प्रमुखहरुले छलफल सुरु गरेका हुन्।

नेपालको आन्तरिक राजनीतिका बिषयमा अमेरिका, बेलायत, युरोपियन युनियन, जर्मनलगायत देशका प्रतिनिधीहरुले छलफल चलाएको स्रोतको दावी छ । आफ्नो कुटनीतिक मर्यादा नाध्दै राजदूत र कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुले राजनीतिक बहस गर्न थालेका छन् । ८ डिसेम्वरमा राष्ट्रसंघीय आवासीय प्रतिनिधि भ्यालेरी जुलियान्डले नेपाल स्थित अमेरिका, बेलायत युरोपेली युनियन, चीन, जापान, डेनर्माक र जर्मनीसहतिका मुलुकका राजदूत तथा कुटनीतिक प्रतिनिधिसहितको बैठक डाकेको स्रोतले बताएको छ । बैठकमा संविधान संशोधन र भावी निर्वाचनका बिषयमा छलफल भएको थियो ।

women-voilence

संविधान जारि गर्ने बेला पनि राष्टसंघीय आवासीय प्रतिनिधिहरुले यस्तै बैठक गर्ने गरेका थिए । तर तत्कालिन सरकारले स्पष्टीकरण मागेपछि उनीहरुले संयुक्त बैठक गर्न छोडेका थिए । नेपालमा राजनीतिक संकट गहिरिदै गएका बेला उनीहरु फेरी बैठकमा जुटेका छन् । राष्टसंघिय आवासीय प्रतिनिधिहरुको मुख्य जोड संविधान संशोधन भन्दा पनि आममी निर्वाचनमा रहेको छ । स्थानीय, प्रदेश वा संसदीय निर्वाचन जुन पहिले भएपनि आफुहरुको सामान धारणा बन्नु पर्ने कुरा बैठकमा उनीहरुले उठाएका थिए ।

नेपालमा हुने निर्वाचनलाई प्रभावित गर्न सक्ने आशंका पाएपछि परराष्टमन्त्रालयले चासो दिएको छ । मन्त्रालयले राष्टसंघका आवासीय प्रतिनिधिलाई बैठक गर्नुको कारण मागेको स्रोतले बताएको छ । चीनदेखि अमेरिकासम्मका राजदूत सहभागि भएको बैठकमा भारतीय राजदूतलाई भने बोलाइएको थिएन ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top