तिवारी हत्यापछि रुपन्देही आसपासका जिल्ला तनावग्रस्त, प्रहरी बिटमा आगजनीको प्रयास

0 4

काठमाडौ, पुस ५ । युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएपछि रुपन्देही आसपासका जिल्ला तनावग्रस्त बनेका छन् । युवासंघका कार्यकर्ताहरु आक्रोशित भएपछि जिल्ला असुरक्षित रहेको हो । ‘हत्यारालाइ कारवाही गर’ भन्दै युवाहरुले सडकमा नारा लगाएर प्रदर्शन गरिरहेका छन् । तिवारी हत्याको विरोधमा सडकमा निस्किएका युवाहरुले बुटवलको राजमार्गचौराहामा रहेको प्रहरी विटमा आगजनिको प्रयास गरेका थिए ।

तर प्रहरीको सक्रियता र युवासंघकै नेताहरुको संयमताको कारण विटमा धेरै क्षति भएन । प्रहरी विटमा बेरिएको कपडाको केही भाग जलेको छ । तिवारी हत्याको विरोधमा एकाएक सडकमा निस्किएका युवाहरुले बुटवलबाट बाहिर जाने सवारी साधानलाइ विचबाटोमै रोकेका छन् । सवारी साधन विचबाटोमै रोकिए पछि यात्रुहरु अलपत्रमा परेका छन । अहिले रुपन्देहीको अवस्था अशान्त छ ।

युवासंघका कार्यकर्ताहरुले नवलपरासी, चितवन, पाल्पा लगाएतका जिल्लाहरुमा हत्यारालाकार्ई पक्राउ गर्नुपर्ने माग राख्दै हिजो साँझपख प्रदर्शन गरेका थिए ।

तिवारीलाई रुपन्देहीको खैरेनीमा गोली प्रहार भएको थियो । गोली लागेर घाईते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गोली प्रहार गर्नेको पहिचान हुन सकेको छैन। पाँच नम्बर प्रदेशबाट पहाड अलग पार्ने गरी संविधान संशोधन प्रस्तावविरुद्धको आन्दोलनमा तिवारी सक्रिय थिए। आक्रमणकारीको खोजि भइरहेको प्रहरीले बताएको छ । आज युवा संघ नेपालले रुपन्देही बन्दको घोषणा गरेको छ ।सा भा जनबोली

You might also like More from author