अभिनेता रणबीर कपुरले पहिलो पटक अभिनेत्री क्याट्रिना कैफसँग ब्रेकअप

0 27

काठमाडौ, पुस ३ । अभिनेता रणबीर कपुरले पहिलो पटक अभिनेत्री क्याट्रिना कैफसँग ब्रेकअप भएको आफ्नो सम्बन्धको बारेमा खुलासा गरेका छन् । फिल्म जग्गा जासुस फिल्मको सुटिङको क्रममा उनीहरुको ब्रेकअप भएको थियो । उनले आफ्नो सम्बन्ध भ्रमका कारण समाप्त भएको खुलासा गरेका छन् । अहिले उनि नितान्त एक्लो भएको बताउँदै एक्लो हुनु पीडादायी भएको बताए । त्यस्तै, एक्लो हुनुमा कुनै पनि मज्जा नभएको बताउँछन् । अरु कसैलाई आफ्नो कुरा सेयर गर्न पाउँदा सम्हालीएको महसुस गर्ने गरेका पनि उनको भनाई छ ।

रणबीर भन्छन्,‘जब म सम्बन्धमा थिएँ तब मेरो सम्बन्ध भ्रमको शिकार भएको थियो । अब जब म यो सम्बन्धमा छैन म चाहन्नँ कि मानिसहरुले पुनः यसलाई गलत तरिकाले नबुझुन् । त्यसकारण मैले यसको सम्मानजनक अन्त्य गर्न चाहन्छु । मैले यो सम्बन्धमा जे महसुस गर्छु, त्यो इज्जत दिएर यसलाई सम्मान दिन चाहन्छु ।’ उनको हदभन्दा बढि तारिफ मानिसहरुले गरेको कुरा खासै मन पर्दैनन्, र बिश्वास पनि नगर्ने उनले बताउँदै यस्तो कुरा सुन्न नचाहेको पनि उनको भनाई छ ।

You might also like More from author