पाँच नम्बर प्रदेश टुक्र्याउने गरी सरकारले संसदमा दर्ता

0 4

काठमाडौ, पुस १ । पाँच नम्बर प्रदेश टुक्र्याउने गरी सरकारले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावविरुद्ध त्यस क्षेत्रका अधिकांश जिल्लाहरु बन्द छन् । संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण उक्त क्षेत्रको जनजीवनक अत्यन्तै कष्टकर बन्दै गएको छ । शुक्रबारदेखि रुपन्देहीमापनि तीनदिने आमहड्ताल आव्हान भएको छ । आमहड्तालमा बुटवलका चोकचोकमा दलमा आबद्ध प्रदेश नम्बर ५ संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले प्रद्धर्शन गरेका छन् ।

आमहड्तालका कारण यहाँको पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा सवारी ठप्प छन् । अवरोधका कारणभित्री तथा हुलाकीमार्गमा पनि सवारीका साधन चलेका छैनन् । बुटवलको बजार, शैक्षिक संस्था, उद्योग व्यवसाय पनि ठप्प छन् । बन्दका कारण जनजीवन प्रभावीत बनेको छ । सडकमा दूध तथा हरियो तरकारी, फलफूल बोकेका गाडी सञ्चारकर्मीका साधन तथा एम्बुलेन्स भने चलेका छन् ।

nepal-banda-in-kathmandu-lalitpur-by-33-parties-led-by-fdnf-limbuwan-and-others-1-copy

यसैगरी, सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसदमा दर्ता गराएको संशोधन प्रस्ताव पेश गरेको विरोधमा एमाले सहितका पार्टीले आह्वान गरेको बन्दले बर्दियाको जनजीवन प्रभावित भएको छ ।

शुक्रबारदेखि आह्वान गरेको तीनदिने आमहड्तालका कारण लामो तथा छोटो दूरीका सवारी साधन, शैक्षिक संस्था, उद्योग कलकारखाना लगायत पसलहरु बन्द भएका छन् । संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने, स्थानीय तहको निर्वाचन गर्नुपर्ने लगायतको माग राख्दै बन्दको आह्वान गरिएको एमाले बर्दियाका अध्यक्ष हरिप्रसाद ज्ञवालीले बताए । बन्दका कारण गुलरिया, राजापुर, भुरीगाउँ‘, सानोश्री ताराताल, बासगढी लगायतका व्यापारिक प्रतिष्ठान बन्द रहेको प्रहरीले जनाएको छ ।

You might also like More from author