पाँच नम्बरमा ७२ घन्टे आमहडताल

December 16 2016 02:52

बुटवल, १ पुस । सरकारले प्रदेश नम्बर ५ टुक्र्याउने गरी संविधान संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा शुक्रबारदेखि ५ नम्बर प्रदेशमा तीनदिने (७२ घन्टे) आमहड्तालको घोषणा गरिएको छ । एमाले नेता खिमलाल भट्टराईले आमहड्ताल प्रभावकारी बनाउन चौबिसै घन्टा बन्द गर्ने बताएका छन् ।

आन्दोलनलाई प्रभावकारी बनाउन जिल्ला–जिल्लामा संयुक्त संघर्ष समितिमार्फत काम भइरहेको पनि उनले जानकारी दिए । बन्दको पूर्वसन्ध्यामा बुटवलसहित पाँच नम्बर प्रदेशका विभिन्न क्षेत्रमा बिहीबार सिट्टी जुलुस प्रर्दशन गरिएको छ । ५ नम्बर प्रदेशका विभिन्न जिल्लामा संशोधन प्रस्ताव दर्तासँगै त्यसविरुद्ध बन्द हड्तालदेखि आन्दोलनका अन्य विभिन्न कार्यक्रम जारी छन् ।

यसअघि जिल्लाले छुट्टाछुट्टै रूपमा विरोधका कार्यक्रम गर्दै आएकामा यो तीनदिने आमहड्ताललाई प्रदेशका सबै जिल्लामा एकसाथ अगाडि बढाइने आन्दोलनकारीले बताएका छन् ।साभा जनबोली

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top