ट्रकले ठक्कर दिँदा नवलपरासीमा पुल भाँचियो, सवारी साधन अलपत्र

December 11 2016 02:54

women-voilence

२६ मंसिर, नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली–१२ दलदले स्थित बौलाहा खोलाको पुलमा ट्रकले ठक्कर दिँदा  पुल भाँचिएको छ ।

पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना६ख ३०१७ नंको ट्रकले पुललाई ठक्कर दिँदा पुल झोलुङ्गो जस्तो बनेको छ ।

पुल भाँचिएपछि यात्रुबाहक बस र मालबाहक ट्रक अलपत्र बनेका छन् । साना हल्का सवारी साधन भने पुल भाँचिएको भागभन्दा अर्को रोकिएको विद्यार्थी झलक पौडेलले बताए ।  बिहान १० बजेसम्ममा डाइभर्सन बनाउने गरी काम थालिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top