जनचाहना अनुरुप काम गर्न सरकार प्रतिबद्ध: राज्यमन्त्री गुरुङ

0 5
download

धनकुटा, २५ मङ्सिर । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले जनचाहना अनुरुप काम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस धनकुटाद्वारा आज पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले जनाताको दैनिक प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य क्षेत्रमा देखिएको चरम लापरबाहीलाई नियन्त्रण गर्न मन्त्रालयले सुधारका नयाँ कार्ययोजना बनाएको छ भन्नुभयो ।

राज्यमन्त्री गुरुङले सहर केन्द्रित स्वास्थ्यकर्मीको चाहनालाई र अनाधिकृत खुलेका स्वस्थ्य संस्थालाई निरुत्साहित गर्दै ग्रामीण जनताको स्वास्थ्यप्रति सरकार बढी संवेदनशील बनेको बताउनुभयो ।

जनसङ्ख्या र भौगोलिक अवस्थाको विश्लेषण गरेर पूर्वाधार र चिकित्सक अभाव रहेका अस्पताल र स्वास्थ्य केन्द्रमा तत्काल पूर्वाधार र चिकित्सकको व्यवस्थापन गर्न कार्यमा मन्त्रालय लागिपरेको बताउनुभयो । रासस

You might also like More from author