विरोधको स्वरुप खेलकुद प्रदर्शन

0 19

काठमाडौं, २५ मंसिर । संविधान संशोधनको विरुद्धमा रहेको प्रमुख प्रतिपक्षदल निकट युवा संघ तथा विद्यार्थी संगठनले आज विरोध स्वरुप बानेश्वरमा खेलाडीद्धारा प्रर्दशन गर्ने भएका छन् ।

संविधान संशोधनको विरुद्धमा नयाँ बानेश्वरमा खेलाडीद्धारा दिउँसो साढे ३ बजे प्रर्दशन गर्ने विद्यार्थी नेता आरसी लामिछानेले जानकारी दिनुभयो । त्यस्तै भोली दिउँसो १ बजे वैदेशिक हस्तक्षेपको विरुद्धमा परराष्ट्र मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

त्यस्तै २७ गते बिहान ८ बजे माइतीघर देखि बानेश्वरसम्म विरोधस्वरुप दौड जुलुस निकाल्ने र २८ गते साढे २ बजे सडक बहस गर्ने जनाएका छन् । संविधान संशोधनले मुलुकको स्थापित सामाजिक सद्भावलाई बिथोल्ने भएकाले प्रस्ताव फिर्ता लिन विद्यार्थीसगठनले आग्रह गरेको छ ।साभा : जनबोली