आज ६८ औं मानवअधिकार दिवस

0 5

काठमाडौं, २५ मंसिर । आज ६८ औं अन्तराष्ट्रिय मानवअधिकार दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदै छ । संयुक्त राष्ट्र संघको महासभाले मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० का दिन यो दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसंघ महासभाले सन् १९४८ को डिसेम्बर १० मा मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । दिवसको अबसरमा काठमाडौमा शनिबार बिहान प्रभातफरीको आयोजना गरेका छन् । मानवअधिकारको रक्षा र प्रवद्र्धनमा सरकारले अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएअनुरुप यस क्षेत्रको विकासमा काम गर्दै आएको छ ।

विस्तृत शान्ति सम्झौता भएको १० वर्ष बितिसक्दासमेत मानव अधिकारको अवस्थामा यथोचित सुधार नआउनु चिन्ताजनक विषय भएको अधिकारकर्मीको भनाइ छ । नेपालले मानव अधिकारसम्बन्धी दुई दर्जन महासन्धिमा हस्ताक्षर गरे पनि त्यसको कार्यान्वयनका लागि आवश्यक ऐन नियम निर्माण हुन नसक्दा समग्र मानव अधिकारको अवस्थामा सुधार आउन नसकेको बुझाइ अधिकारकर्मीको छ ।

यस अवसरमा संयुक्त राष्ट्र संघका महासचिव वानकी मुनले सबैको आधारभूत स्वतन्त्रता र मानवअधिकार रक्षाका लागि एकजुट हुन सबैमा अपील गरेका छन् ।साभा : जनबोली

You might also like More from author