मुरारीको निम्तो सार्बजनीक

0 94

14925676_1352367814774327_2198767703328914717_n

लामो समयदेखि अमेरिकाको क्यालीफोर्नियामा बस्दै आएका सुनसरी जिल्ला मधेशाका मुरारी भट्टराईले संगीतकार बिकाश चौधरीको एकल संगीतमा ‘ अनामिका ‘ नामक पहिलो एल्बम निकाली सकेकाछन | सो एल्बमकै एउटा गीतमा नायक दिलिप रायमाझीलाई लिएर अमेरिकामै छायांकन गरेका मुरारीले ‘ निम्तो ‘ नामक दोश्रो एल्बम पनि एक कार्यक्रमगरी बिमोचन गरेका छन |

५ ओटा गीत रहेको ‘ निम्तो ‘मा उन्नति शिला बोहरा , प्रमोद ढुंगेल , प्रदिप पौडेल , दिलिप पौडेल र मुरारी भट्टराईकै शब्द रहेकाछन भने शम्भुजित बास्कोटा , शक्ति बल्लव , बिकाश चौधरी र मुरारी भट्टराईकै संगीत पनि रहेको सो एल्बममा आधुनिक , डान्सिंग र लोक सबै किसिमको गीत रहेको छ |

11219653_1074644779213300_8189070283347319335_n

सबै खाले गीत रहेकोले श्रोताहरुले मुरारीले दिएको ‘ निम्तो ‘ लाई सहज स्विकार्नेमा मुरारी ढुक्क छन | आफु सानो छदाँ खेरिनै गीत संगीतमा एकदमै रुचि भएको र नारायण गोपाल , भक्तराज आचार्य र दीप श्रेष्ठको गीत एकदमै मन पराउने र भविष्यमा उहांहरु जस्तै गायक बन्ने सपना बोकेका मुरारीले अन्ततः २०६३ सालमा प्रेम सुब्बाको संगीतमा धरानको एक रेकरडिंग स्टुडियोमा आफ्नो एउटा गीत पनि रेकर्ड गराए |

समयको उतरचढाव संगै अमेरिका पुगेका मुरारी विगत २ वर्षादेखि चर्चामा छन | १० बर्ष पछी नेपाल आएका उनी छोटो बसाईमा पनि दुइटा फिल्ममा पार्श्व गीत गाउन भ्याएका मुरारी अमेरिका क्यालिफोर्नियाका कल्चरल कोअर्डिनेटर हुन् | गीत , संगीत , कला र संस्कृतिनै हामि नेपाली को पहिचान हो भन्ने मुरारी प्राय अमेरिकामा हुने सांस्कृतिक कार्यक्रम उनकै अगुवाइमा हुने गर्दछ |