एकसय १२ जना ज्येष्ठ नागरिक सम्मानित

0 3

download
पोखरा, २० मङ्सिर ।
स्याङ्जा जिल्लाको फेदीखोला गाविसस्थित गुरुङ समुदायका ११२ जना ज्येष्ठ नागरिकलाई पोखरामा सम्मान गरिएको छ ।

फेदीखोलामा जन्मघर भई हाल बेलायतमा बसोबास गर्दै आउनुभएका नेपालीको संस्था युके समाजको सहयोगमा १०९ वर्षीया पवि गुरुङलगायत ८० वर्ष उमेर काटेका ज्येष्ठ नागरिकलाई पछ्यौरा र गलबन्दी ओढाएर आइतबार यहाँ सम्मान गरिएको हो ।

सो कार्यक्रमका लागि बेलायतमा रहनुभएका ५० जना नेपालीले रु एक लाख ७३ हजार आर्थिक सङ्कलन गरेको सम्मान समितिका संयोजक लालप्रसाद गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेलायतमा समाजले घर र बौद्ध गुम्बा निर्माणका लागि यसै वर्षको तिहार पर्वमा देउसी र भैलो खेलेर आर्थिक सङ्कलनको सुरुवात गरेको छ ।

कार्यक्रममा सल्लाहकार लालकाजी गुरुङ र सन्तबहादुर गुरुङले समाजका ज्येष्ठ नागरिकलाई सम्मान गरेर बेलायतमा बस्ने नेपालीले आशीर्वाद प्राप्त गरेको बताउनुभयो । रासस

You might also like More from author