भूपू सैनिक सङ्घद्वारा अग्निपीडितलाई सहयोग

0 6

भोजपुर, १८ मङ्सिर । भूपू सैनिक सङ्घले यहाँका अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ । सङ्घले जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रजिअ अर्जुनकुमार शर्मामार्फत रु एक लाख २४ हजार ६२५ हस्तान्तरण गरेको हो ।

पीडितलाई तत्काल आवास तथा अन्य व्यवस्थाका लागि भारतीय भूपू सैनिक सङ्घका तर्फबाट अर्थ सङ्कलन गरिएको सङ्घका अध्यक्ष भगीमान राईले बताउनुभयो ।
त्यसैगरी न्यु समिट सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल भोजपुरका तर्फबाट रु १५ हजार १५ बोर्डिङका प्रअ हरि भित्रीकोटीले उद्धार समितिका अध्यक्ष शर्मालाई हस्तान्तरण गर्नुभयो । यही मङ्सिर ५ गते भीषण आगालागी हुँदा यहाँका आठ घर पूर्ण र एक घर आंशिक क्षतिमा परेका थिए । रासस

You might also like More from author